Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

प्रमुख प्रशासक गौतमले पाए अल्पकालिन राहत, विपक्षीलाई हटाउनुको कारण देखाउन सर्वोच्चको आदेश 

प्रमुुख प्रशासक तुलसीप्रसाद गौतम । तस्बीर सौजन्य–कर्पोरेटनेपाल डट कम ।

सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमलाई कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश जारी  गरेको छ । 


न्यायाधीश वमकुुमार श्रेष्ठको एकल इजलासले बिहीबार गौतमलाई हटाउने सरकारको निर्णय तत्काल कार्यनवयन नर्गन नगराउन अल्पकालिन आदेश जारी गरेका हुन् । इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारीगर्दै अन्तरिम आदेशका बिषयमा छलफलका लागि दुबै पक्षलाई बोलाएको छ । 


मन्त्रिपरिषदको अघिल्लो साता सोमबार बसेको बैठकले उनलाई कालकाल नसकिँदै विना कारण अवकाश दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध १३ भदौंमा उत्प्रेष्णको आदेशको मागराख्दै गौतम अर्थ मन्त्रालयलाई विपक्षी बनाएर सर्वोच्च अदालत गएका थिए । 

 

 

उनले निवेदनमा आफू कुनै राजनीतिक आस्थाका आधारमा नभई खुल्ला प्रतिस्पर्धाबाट आएको र इमान्दारितापूर्वक कोषलाई सुधार गर्न कार्यरत रहँदाको अवस्थामा विना कारण अवकाश दिएर अपमान गरेको अनुभव भएकाले न्यायका लागि अदालत आएको उल्लेख गरेका छन् । 

 

सरकारी सेवामा रहँदा विभिन्न निकायमा रहेर राम्रो कार्यक्षमता प्रस्तुत गरेका गौतमले कोषमा आएपछि पनि यसको सुधारका लागि राम्रो काम गरेका छन् । उत्कृष्ट कार्यक्षमताको मूल्यांकन गर्दै अर्थमन्त्रालयले उनलाई नगदसहित पुरस्कृत पनि गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै