१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १ पक्राउ
2022-02-03 13:54:00
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो ।
चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले सूचना प्राप्त गरेको थियो । उक्त सूचनाको आधारमा चौधरीलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेका प्रहरी जानकारी दिएको छ ।
प्रतिक्रिया