Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

कांग्रेसले इतिहासमै पहिलो पटक प्रदेश अधिवेशन गर्दै, यस्ताे छ तालिका

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने छन् ।

 

 

देशमा संघिय व्यवस्था आएपछि नेपाली कांग्रेसले पहिलो पटक महाधिवेशन गर्दैछ । यही कारण प्रदेश अधिवेशन उसका लागि नितान्त नौलो अनुभव हुनेछ । 

 

 

प्रदेश १ को अधिवेशन विराटनगरमा, प्रदेश २ को अधिवेशन जनकपुरमा, बागमती प्रदेशको अधिवेशन हेटौँडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने पार्टी कार्यालयले जनाएको छ । 

 

 

कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश अधिवेशनले सातवटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ ।

 

 


यस्तो छ प्रदेश अधिवेशन कार्यतालिका

 

 


आजदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सुरु हुँदैछ । मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सोउपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ ।

 


मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते विहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

 


कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै