प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ७२ करोड खर्च गर्न अर्थको सहमति
2021-07-02 15:53:00
अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट खर्चसम्बन्धी सहमति प्रदान गरेको छ ।
निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी अर्थहले सहमति दिएको हो । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम खर्च हुने छ ।
निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा उक्त बजेट खर्च हुने आयोगले जनाएको छ ।
सरकारले आगामी २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने घोषणा गरेको छ ।
प्रतिक्रिया