कसलाई कहिलेबाट लगाइन्छ चीनले दिएको कोरोना खोप?
चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडाैं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको जहाजले बेइजिङबाट ८ लाख र तिब्बतबाट हिमालय एयरलायन्सले एक लाख डोज खोप ल्याएको हो । बाँकी एक लाख बुधबार आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल नामक खोप नेपाललाई अनुदानको रूपमा दिएको हो । यो खोपलाई विश्व स्वास्थ्य संगठनले पनि आपतकालिन मान्यता दिइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट आएको खोप यही जेठ २५ गतेदेखि लगाउन सुरु गर्ने निर्णय गरेको छ । देशभरका लगाइने खोप ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइनेछ ।
मन्त्रालयका अनुसार पाँच दिनभित्र सबै जिल्लामा पठाउने र २५ गतेदेखि खोप अभियान सुरु गरिनेछ । नेपालमा ६० देखि ६४ वर्षका ८ लाख ५० हजार जनसंख्या रहेको तथ्यांक छ।
प्रतिक्रिया