दोलखामा एकै परिवारका ३ जना मृत फेला
2021-12-01 14:55:00
दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।
सुत्केरी श्रीमतीले र बच्चालाई सेक्न राति कोइला बालेको पाइएको र त्यसैको धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने अनुमान गरिएको रिजालले पर्दाफासलाई बताए । ‘स्थानीयले बिहान ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराएका थिए,’ उनले भने, ‘शवहरु पोस्टमार्टमका लागि पठाइएको छ ।’
पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्ने उनले बताए । मृतक दम्पत्तीका एक छोरा पनि छन् । उनीचाहिँ आफन्तको घर गएका थिए ।
प्रतिक्रिया