Archive for the ‘Narcotics Control Bureau NCB’ Category

चरेश सहित पक्राउ परेका तामाङ र बरामद चरेश

काठमाडौं– प्रहरीले नेपालबाट तेस्रो देश लैजान तयारी अवस्थामा काठमाडौं भित्रदै गरेको चरेश सहित एकजनालाई पक्रेको छ ।

महानगरीय प्रहरीले चन्द्रागिरी नगरपालिका नागढुंगाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङ्गबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ४ ख ७३८० नंम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा ९ किलोग्राम लागुऔषध चरेस सहित धादिङ्ग, बेनिघाट बस्ने ३० वर्षीय देवलाल तामाङ्गलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाका अनुसार प्लाष्टिकको पोका पारिएको चरेश विदेश लैजाने तयारीका साथ तामाङले ल्याएका थिए ।
प्रहरीले तामाङ्गलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखि आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisements

ब्युराेले बरामद गरेकाे अफ्रिकी लागूअाैषध खात

काठमाडौं– प्रहरीले नेपालमा पहिलो पटक दक्षिण अफ्रिका र मध्यपूर्वमा उत्पादन हुने लागूऔषध खात सहित तीजना इथोपियन नागरिकलाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्युरो (एनसीबी) को टोलीले नेपाल हुँदै युरोप तस्करीका लागि तयारी अवस्थामा रहेको आठ किलोग्राम खात सहित तीन साेमालियन युवालाई पक्रेको हो ।

खात मिलाउदै अफ्रिकन युवा

ब्युरोका अनुसार लामो समयको निगरानी पछि ठमेलमा रहेको एउटा कार्गोबाट खात बरामद भएको हो । तस्कर समुहले कार्गोमा ग्रिन टि भन्दै अफ्रिकन मुलुक ईथियोपियाबाट नेपाल हुँदै युरोपियन मुलुक नेदरल्याण्ड पठाउन लागिएको नियन्त्रित वनस्पति खात को सुकेको पात ८ किलोग्राम बरामद भएको हो । ब्युरोले तस्करीमा संलग्न सोमालियन नागरिकहरु बर्ष २२ को इब्राहिम अलि हाजी र बर्ष २१ को जाम अविदिफाती अहमद र बर्ष २५ को अब्दी फहद लगायत ३ जना पक्राउ गरेको हो ।

खातकाे पात खादै कतारी

ब्युरोका अनुसार संयुक्त राष्ट्र संघले प्रतिबन्धीत लागू औषधको सूचीमा राखेको बनस्पती खातको प्रयोग मध्यपूर्वमा बढि हुने गर्छ । यसमा पाइने तत्वबाट आइस ड्रग बनाउने गरिन्छ ।
के हो खात हेरौं यो तथ्यः

खातकाे उत्पादन र यसकाे प्रयाेगका हानी