Archive for the ‘Metro Crime’ Category

चरेश सहित पक्राउ परेका तामाङ र बरामद चरेश

काठमाडौं– प्रहरीले नेपालबाट तेस्रो देश लैजान तयारी अवस्थामा काठमाडौं भित्रदै गरेको चरेश सहित एकजनालाई पक्रेको छ ।

महानगरीय प्रहरीले चन्द्रागिरी नगरपालिका नागढुंगाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङ्गबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ४ ख ७३८० नंम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा ९ किलोग्राम लागुऔषध चरेस सहित धादिङ्ग, बेनिघाट बस्ने ३० वर्षीय देवलाल तामाङ्गलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाका अनुसार प्लाष्टिकको पोका पारिएको चरेश विदेश लैजाने तयारीका साथ तामाङले ल्याएका थिए ।
प्रहरीले तामाङ्गलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखि आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisements

काठमाडाैं– महानगरीय प्रहरी परिसर काठमाडाैंले सरकारी छाप किर्ते दस्तखत मुद्दाकाे प्रारम्भीक अनुसन्धानमा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक डिअाइजी नवराज सिलवालकाे संलग्नताका अाधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रक्रिया थालेकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडाैंले एमालेका नव निर्वाचित प्रतिनिधी सभा सदस्य सिलवालकाे स्थायी ठेगाना ललितपुर भएकाले महानगरीय प्रहरी परिसर ललितपुरलार्इ पत्र लेख्दै पक्राउ गरेर उपस्थित गराउन भनेकाे हाे ।
महानगरीय प्रहरी कार्यालयले सिलवाललार्इ हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन प्रक्रिया थालेकाे पुष्टि गरेकाे छ ।
सिलवाल सहितकाे समुहले सर्वाेच्च अदालतमा पेश गरेकाे कार्य संम्पादन मूल्याँकनमा किर्ते गरेकाे अाराेपमा थप अनुसन्धान अघि बढने छ । सरकारवादी मुद्दा भएकाले फाैजदारी अभियाेगसँगै सिलवालकाे सपथ प्रक्रिया र पद समेत हाललार्इ स्थगित रहनेछ ।

सिलवालले भने अाफुलार्इ नियाेजित रूपमा फसाउने षणयन्त्र भै रहेकाे बताउदै अाएका छन । प्रहरीकाे बरियतामा एक नम्बरमा रहेका सिलवालले दाेस्राे पटक सर्वाेच्चमा पेश गरेकाे कासमाेमा छेडछाड भएकाे अदालतकाे बृहत इजलासकाे ठहर छ । सर्वाेच्च अदालतले सरकारका नाममा दिएकाे अादेशका अाधारमा प्रहरीले किर्ते प्रकरणकाे अनुसन्धान गरिरहेकाे हाे ।

काठमाडौं– संसारमा सबैभन्दा बढि बिकाउ र गोप्य बिषय यौन हो । यसलाई जोडेर संसारका धेरै ब्यापार फस्टाएका मात्र छैन्न । ठगहरुले यौनलाई जोडेर आफ्नो धन्धा समेत फस्टाउदै लगेका छन । हाल केही वर्षयता नेपालमा ठुला दैनिकदेखि साप्ताहिकसम्म र टेलिभिजनहरुमा यौनसँग जोडिएका अनेकन उत्पादनका बिज्ञापन सामाग्री प्रकाशन तथा प्रशारण हुदै आएका थिए । कैयनले त टेलिभिजनका मुख्य ब्यापारिक समयनै खरिद गरेर आफ्ना उत्पादनको कथावस्तु बनाएर प्रशारण गरिरहेका थिए ।
यसरी प्रचार प्रशार गरिएका उत्पादनको प्रभावकारिता, यसका बिशेषता र मापदण्डका लागि नियमनकारी निकायको मौनता त छदै थियो । यौनसँग जोडिएको बिषय भएकाले एकपटक प्रयोगगर्ने प्रयोगकर्ता समेत उत्पादनले वाचा गरे अनुसारमा परिणाम नदिएपनि तै चुप मै चुप रहदै आएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा केही समयअघि यस्तै उत्पादनबाट पीडित दर्जनौले मौखिक तथा लिखित उजुरी दिएसँगै ब्युरोका अधिकारीले अनुसन्धान थालेका थिए । अनुसन्धानमा एउटा काम भनेर दर्ता भएका कम्पनी र दर्तानै नभएका कम्पनी मार्फत यस्तो धन्दा फस्टाएको रहेछ ।
ब्युरोले एकैपटक १२ यस्ता ठेगानामा छापा मारेर यौनका नाममा भै रहेको कालो धन्दाको पसल बन्द गराएको छ ।

ब्यरोले कम्पनीहरुमा खानतलासी गरी विभिन्न सामानहरू सहित १ जना भारतीय नागरिक समेत १५ जनालाई पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले यस्ता कृयाकलाप सार्वजनिक चासोको बिषयहरु समेत भएकाले संलग्न संचालक तथा ब्यक्तिहरुलाई पक्राउ गरी मुलुकी ऐन ठगीको महल बमोजिम ठगी अपराधमा कारवाही अघि बढेको बताए ।

कहाँ –कहाँ हानियो छापा, को परे फन्दामा, के के पर्याे फेला

१.“गोर्खा हर्बो बीज”
पक्राउ मानिस :-
जिल्ला गोरखा सहिद लखन गाउँ पालिका वडा नं.९घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ११ गंगबु बस्ने रुद्र प्रसास ढकालको छोरा बर्ष२४ को सुदिल ढकाल -१
बरामद भएका सामानहरु
१. STUD 5000 20Gलेखिएको ज्याकेट थान- १ ।
२. ८,Power Increased Thickening लेखिएको टिनको बट्टा १र सो बट्टा भित्र ३ वट्टा चक्कीको दरले १० वट्टा सानो बट्टामा रहेको टिनको बट्टा थान-१ ।
३. Rock Hard लेखिएको 50 ml मलम थान-१ ।
४. DEVELOPE SEYलेखिएको 50 ml को मलम थान- १ ।
५. MEN OF IRON 500 gm लेखिएको बट्टा थान-१ ।
६. Miracle Zen 20 pcs लेखिएको बट्टा थान-१ ।
७. Vigrx Plus 60 Tablets लेखिएको बट्टा थान -३ ।
८. XYTEXL 30 Capsules लेखिएको बट्टा थान – २ ।
९. 24 HORMOTEX 30 Capsules लेखिएको बट्टा थान -२ ।
१०. Touch me please लेखिएको क्रिमको बट्टा थान – १ ।
११. Ella Breast Enlarging Cream + Big Size लेखिएको Wonder lift r Sit लेखिएको बट्टा थान -३
१२. Green tea Breast Lifting Fast Cream लेखिएको बट्टा थान -४ ।
२.कस्मेटीक्स पसल”
पक्राउमा परेको मानिस :-
भारत हरियाण घर भै हाल का.जि.का.म.न.पा.वडा नं. ८ भोटेवहाल बस्ने महाबिर जैनको छोरा बर्ष २८ को विकाश गोयल
बरामद भएका सामानहरु :-
१.Papaya को Breast Enlarging लेखिएको बट्टा थान -६ ।
२.Green Tea को Breast Lifting Fast लेखीएको (300m) बट्टा थान -६ ।
३.Hip Up लेखीएको बट्टा थान -५ ।
४.Dragon को Breast Enlarging लेखीएको बट्टा थान-६ ।
५.Touch Me को Breast Enlarging , लेखीएको बट्टा थान-४ (चार )।
६, Kalong को Breast Enlarging Firming लेखिएको बट्टा थान- ३ ।
७,Beauty Breast Lifting Fast लेखिएको बट्टा ४ (चार ) ।
३. हर्वल शप नेपाल फर्म
पक्राउमा परेको मानिस :-
जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नं. १ मा घर भई हाल का.जि.का.म.न.पा.वडा नं. ३५ मा हर्वल शप नेपाल फर्म संचालन गरी बस्ने देव बहादुर रायमाझीको छोरा बर्ष ३८ को सुर्य बहादुर रायमाझी—————१
१,बरामद भएका सामानहरु :-
१,KALONG Breast smaller cream लेखिएका क्रिम बट्टा थान २ (दुई) ।
२,BREAST ENLARGING CREAM लेखिएको क्रिम थान २ (दुई) ।
३,HERBAL LEVITRA लेखिएको हर्वल बट्टा थान ४ (चार)मा १०० पिस क्यापसुल।
४,POWER V.S.A.लेखिएको १ वटा बट्टा भित्र सानो बट्टा थान ८ भित्र २४ पिस क्यापसुल ।
५,DEVELOPPE SEX ।। RAPID INCREASE लेखिएको क्रिम थान २ (दुई) ।
६,BREAST ENHANCEMENT LIFTINFG SOAP लेखिएका थान १ (एक) ।
७,LOVE KISS लेखिएको क्रिम थान २ (दुई) ।
८,GERRNTEA BREAST LIFTING FAST CREAM लेखिएको थान १ (एक) ।
९,HIPLIFT लेखिएको क्रिम थान २ (दुई) ।
१०, BREAST लेखिएको क्रिम थान २ (दुई) ।
११,STUD 5000 लेखिएको थान २ ( दुई) ।
१२,SILVER FOX लेखिएको पावर थान २ (दुई) ।
१३,pr LIX FUSION लेखिएको पम्प बट्टा भित्र रहेको थान ७ (सात ) र खाली थान १ गरी जम्मा थान ८ (आठ) ।
१४,xxx CAMANDO POWER लेखिएको बट्टा थान १ (एक)मा क्यापसुल ३० पिस ।
१५,HORMOTEX 24 लेखिएको बट्टा थान १ (एक) ।

४ “ ग्रिन हर्वल एण्ड फिटनेश सप “
पक्राउ मानिस:-
गडमपुर उदयसिंह नगर उत्तराखण्ड भारत घर भई हाल काठमाण्डौं जिल्ला का.म.न.पा. सितापाईला डेरा गरीजिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १५ स्वयम्भु स्थित कारखाना चौकमा “ ग्रिन हर्वल एण्ड फिटनेश सप का संचालक बर्ष ३१ को मेजर सिंह ।

५. टेलिवन टिभी एण्ड अनलाईन सर्भिस
पक्राउ मानिस:-
जिल्ला लमजुङ रायनास न.पा. वडा नं. ४ घर भई हाल काठमाण्डौं जिल्ला गोलढुङगा बस्ने काठमाण्डौं सोह्रखुट्ठेमा टेलिवन टिभी एण्ड अनलाईन सर्भिसका संचालक बर्ष ५२ को बाबुराम ढकाल।

सि.न.४ र५ को बरामद दशिका सामानहरु:-
DETOXISLIM लेखिएका प्ल्राष्टिकका बट्टा, RAJVANSHI लेखिएका प्ल्राष्टिकका बट्टा,BODY GROWTH FORMULA STEP UP लेखिएका प्ल्राष्टिकका बट्टा, LATHERINE, KALENG( STRETCH MARK)लेखिएका प्ल्राष्टिकका बट्टा, MISS BELT, VIAMAX POWEER SEXY COFFEEलेखिएका प्ल्राष्टिकका बट्टा, VAGINEX FEMALE CREAM लेखिएका प्ल्राष्टिकका बट्टा, BDPलेखिएका प्ल्राष्टिकका बट्टा, GREAN TEA BREAST LIFTING FAST CREAMलेखिएका प्ल्राष्टिकका बट्टा, EASY SLIM TEAलेखिएका प्ल्राष्टिकका बट्टा, 4 IN 1 ANTI SPOT WHITERING CREAM SET लेखिएका प्ल्राष्टिकका बट्टा, VAGINA SHRINKING TIGHTENING GEL लेखिएका प्ल्राष्टिकका बट्टा, NATURAL MAX SLIMING CAPSUL लेखिएका प्ल्राष्टिकका बट्टा, DR-RASHEL STRETCH MARK CREAM लेखिएका प्ल्राष्टिकका बट्टा, DAGAN STRETCH MARK CREAM लेखिएका प्ल्राष्टिकका बट्टा, HIP UP CREAM NEW लेखिएका प्ल्राष्टिकका बट्टा, AICHUN BEAUTY HIP LIFT CREAM लेखिएका प्ल्राष्टिकका बट्टा, HANDSOM UP DAGOANG ASSORTED CO.LTD लेखिएका प्ल्राष्टिकका बट्टा. HARSUR]S BREART DEVELOPER SET लेखिएका प्ल्राष्टिकका बट्टा ।

६.कान्तिपुर टेलि शप,सुन्धारा सिभिल मल
पक्राउ मानिस:-
जिल्ला गोरखा शहिद लखन गा.पा.वडा नं.१ स्थायी घर भई हाल का.जि.का.म.न.पा.वडा नं.११ सिभिल मलमा कान्तिपुर टेलिसप पसल नं.१४ को संचालक रत्न घिमिरे-१ ।
बरामद भएका सामानहरु
KALONG, SEXY, BREAST, HIP UP, PAULP, BEAUTY Milk lotion, Papaya Breast , Breast, Green tea, Power ।

७. टेलि मार्केट नेपाल,मिनभवन
पक्राउ मानिस:-
जिल्ला पाँचथर साविक रानीगाउँ हाल कुम्यापक गा.पा.वडा नं.३ स्थायी घर भई हाल का.जि.का.म.न.पा.वडा नं.३१ मीनभवन बस्ने टेलि मार्केट नेपालको संचालक वसन्ता सम्वाहाम्फे
बरामद दशीका चीजवस्तुरु:-
LongJohn Cream , Parth Bestina Oil+Capsules,VigRx Plus ,MEN OF IRON,VAGINEX Female Cream, U.S.A. Power, HIP UP Cream, ENLARGENEXX, Miracle ZEN, Lady Mantra,

८. टेलि सेन्टर , तीनकुने
पक्राउ मानिस:-
जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.७ स्थायी घर भई हाल का.जि.का.म.न.पा.वडा नं.३२ तीनकुनेमा टेलि सेन्टरको संचालक
विपिन वोलाखे-१
बरामद दशीका चीजवस्तुरु:-
MANMAX Capsules, Developpe Sex Cream, Vaginex Female Cream, U.S.A. Power,MANMAX Capsules V, Enlargenexx capsules, Premature-x capsules, MEN OF IRON Natureplux, HoRmoTEX capsules, NERSEX, Enduurance cream, 24 HORMOTEX Power, Nepal’s Yarsnagumba capsules, HERBAL LEVITRA Capsules, Real Women Capsules, XYTE-XI Capsules, 30 Minutes Plus Stop Capsules, Papaya Breast Enlarging Cream, ।

९. सितारा हर्बल/काम शाक्ति
पक्राउ मानिस:-
जिल्ला ताप्लेजुङ साबिक दोकु २ घर भई हाल का.जि .का.म.न.पा. वडा नं. १६ बस्ने बर्ष ३५ को यमनाथ पौडेल ।
वरामद सामानहरु:-
१) सितारा हर्वल / काम शक्ति हर्वलको अफिसबाट बरामद गरिएका दशीको बिबरण :-
क) काम शक्ति हर्वल ट्रेडिङ कारोबारको नाम जानकी के.सी. करदाताको नाम उल्लेख भएको स्थायी लेखा नं. दर्ता प्रमाण पत्रको फोटोकपी र नबिकरण तालिकाको फोटो कपी पाना २ ।
ख) काम शक्ति हर्वल ट्रेडिङको जानकी के.सी को नामको काठमाण्डौ महानगरपालिकाले जारी गरेको ब्यबसाय दर्ता प्रमाणपत्रको फोटो कपी पाना १ ।
२) सितारा हर्वल/ कामशक्ति हर्वलको स्टोरबाट बरामद गरिएको सामानको बिबरण:-
क) Brexelant Breast लेखिएको बट्टा थान ४ ।
ख) Hormotex थान ३ ।
ग) Virgin Again थान १ ।
घ) Men of Iron थान १ ।
ङ) Xytexl Capsules ३० बट्टाको थान ३ ।
च) Enlargenexx लेखिएको बट्टा थान १ ।
छ) Diabecon लेखिएको प्लाष्टिक प्याकेट थान ३ ।
ज) डबल घोडा ५००० लेखिएको १२ बटाको १० पाकेट ।
झ) Megaslim Capsules लेखिएको बट्टा थान ५ ।
ञ) Yovan Anti cellulite cream लेखिएको बट्टा थान ३८ ।

१०. GIOBAL T.V. PRODUCT SHOP शंकरदेव
पक्राउ मानिस:-
जिल्ला काभ्रेपलाञ्चोक पाचँखाल न.पा. वडा नं. ६ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालीकावडान.पा.वडा नं. ३१ बस्ने बर्ष ४८ को पवन कुमार भारती-१
वरामद सामानहरु:-
१) RESTORE FEMINING WASH 75 ml को Daily Intimate was लेखिएको सेतो कलरको सिल नखोलेको बट्टा थान-७९
२) DIME DUROIL MASSAGE OIL 30 ml लेखिएको कालो खोल खोली हेर्दा भित्र घ्यू कलरको रबरको बट्टा थान- १
३) VAGINEX FEMALE CREAM 30g को घ्यू कलरको मलम थान-१
४) DEVELOPPE SEX e50 ml को सिल भएको मलम थान-१
५) PAPAYA BREAST ENLARGING CREM लेखिएको सुन्तला कलरको वटा भित्र खोली हेर्दा Lifting Shop र सेतो कलरको बट्टा सिल नखोलेको थान-१
६) BREAST FIRMING CREM Touch me ! लेखिएको खोल खोली हेर्दा भित्र सेतो कलरको प्लाष्ट्रिकको सिल नखोलेको बट्टा थान-१
७) SUPER DRAGON 6000 Delay Spray For Men 12 ml लेखिएको गोल्डेन कलरको वट्टा थान-५
११. नेचुरल टेली सप सेन्टर
पक्राउ मानिस:-
जिल्ला काभ्रेपलाञ्चोक सल्ले भुम्लु गा.बि.स. वडा नं. ७ स्थायी ठेगाना भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ९ क बस्ने बर्ष २१ को रबिन खडका ।
वरामद सामानहरु:-
१) HIP UP CREAM लेखेको 200ml उल्लेख भएको बट्टा थान-२ (दुई) ।
२) Long John लेखेको 75 gms उल्लेख भएको ट्युव बट्टा थान-१ (एक) ।
३) SUPER DRAGON लेखेको 12 ml उल्लेख भएको Spray सिलिण्डर थान-१ (एक) ।
४) Breast Smaller Cream लेखेको 100 g उल्लेख भएको KALONG लेखेको बट्टा थान-१ (एक)
५) 30 Minutes Plus STOPS लेखेको Ejaculation उल्लेख भएको रातो कालो रङ्गको Capsules थान २८ भएको बट्टा थान-१ (एक) ।
६) MAXMAN CAPSULES लेखेको बट्टा थान-१ (एक) ।
७) STRETCH MARKS CREAM (Dagan) लेखेको 200ml उल्लेख भएको Cream बट्टा थान-१
८) Natural Tele Shop Center लेखेको बिल प्याड थान-१ (एक) ।

१२. एशियन हर्बल होम फर्म
पक्राउ मानिस:-
जिल्ला रामेछाप साबिक भिरपानी गा.बि.स. वडा नं. ३ हाल खाँडादेवी ३ स्थायी ठेगाना बताउने बर्ष २० कि सुप्रभा के.सी. ।
वरामद सामानहरु:-
१) 30 Minutes Plus STOPS लेखेको क्याप्सुल सहितको पलाष्टिकको बट्टा थान-१ (एक) ।
२) Herbal X. Mantra लेखेको क्याप्सुल सहितको बट्टा थान-१ (एक)

यसरी ल्याएका थिए ३२ लाख

काटमाडौं– उनको अनुहार र हात खुट्टाभन्दा शारिरीक बनोट अलि फरक थियो । उनी बारम्बार आफुले लगाएको ज्याकेट मिलाउथे । उनको हुलिया नै शंकास्पद थियो ।
रौतहटबाट काठमाडौं आएका ती युवा महानगरीय प्रहरी वृत्त नागढुङाका प्रहरीको चेकजाँचमा हडबडाए । प्रहरीले शंका लागेर उनको सरसामान चेकजाँच गर्दा केही भेटिएन । प्रहरीले उनको शरिर जाँच गर्दा उनले शरिरमा लुकाएका हजार र पाँचसय दरका नोटको बण्डल भेटियो ।
‘हामीले शरिरमा लुकाएर ल्याएको ३२ लाख रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाएका छौं,’ प्रभाग प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले पर्दाफाससँग भने । उनका अनुसार पक्राउ परेका भारतको बिहार सितामणी जिल्लाका सोनुकुमार चौधरीले आफु हार्डवेयरको कर्मचारी रहेको बताएका छन ।
प्रनी भट्टले यसरी शरिरमा बिशेष प्रकारको लुगामा लुकाएर पैसा ल्याउनु र सो रकमको प्रयोजनका बिषयमा थप अनुसन्धान भै रहेको बताए ।

काठमाडौं– अतिथी देव भवः भन्ने मुल मन्त्र रहेको होटलका वेटरले एक विदेशी नागरिकको हत्या गरेका छन ।
काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान पशुपतिभिजनस्थित होटल आम्दाबालममा बसेका भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको धारिलो हतियार चक्कु प्रहारगरि हत्या गरिएको हो ।
गुरुङलाई गएराति सोही होटलका कर्मचारी काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी बस्ने २९ वर्षीय डोनी शेर्पाले रक्सी किन्ने बिषयमा झगडा हुँदा धारिलो हतियार चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि काठमाडौँ मेडिकल कलेज अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
चक्कु प्रहार गर्ने डोनीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं– विवाद र भ्रष्टाचारको पर्याय बन्दै गएको सशस्त्र प्रहरी बलको मुख्यालयमा फेरि एउटा यस्तो घटना भएको छ, जसले अर्ध सैनिक बलको शिर झुकाएको छ । अागलागीमा सहयाेगी भएर अागाे निभाउने सशस्त्रले अाफ्ना हाकिमकाे भ्रष्टाचार लुकाउन अाफ्नै मुख्यालयमा अागाे लगाएकाे खुलेकाे हाे ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा पुष ४ गते एकाविहानै आगलागी भयो ।
बलको प्याराफिटमुनी रहेको स्टोरमा आगलागी भई स्टोरभित्र रहेका विभिन्न महत्वपुर्ण कागजातहरु तथा जिन्सी सामानहरु जलि नष्ट भएका थिए । जसमा मुख्यतहः २०६२ पछिका हरहिसाब समेत रहेका थिए ।
महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेती र डिएसपी प्रजित केसी घटनाको अनुसन्धानमा तत्काल खटिएका थिए । सुरुमा पत्रकारलाई घटनास्थलमा जान रोक लगाएपछि नै घटनामा केही गडबडिको आशंका गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सशस्त्रका पूर्व प्रहरी महानिरीक्षकहरुको मुद्दा चलिरहनु र स्टोरमा आगलागी हुनु सामान्य थिएन । महाशाखाले घटनाका दिन डिउटीमा रहेका केही शकांस्पद बलका अधिकारीको कल डिटेल बिश्लेषणगर्दा आगो लागेको होइन, लगाईएको पुष्टि भएको छ ।

महाशाखाले अनुसन्धानको क्रममा सोही शाखामा कार्यरत सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठको संलग्नता देखिएको पुष्टि गरेको छ । महाशाखाले श्रेष्ठलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त स्वयम्भु पठाईएको छ । श्रेष्ठ उपर मुलुकी ऐन आगो लगाउने महलको ६ नंम्बर बमोजिम कारवाही अगाडी बढाइने भएको छ ।

सांकेतिक तस्विर स्राेत : गुगल सर्च इन्जिन

काठमाडौं– बस्न, खान र मनोरञ्जनको सुविधा रहेको भन्दै फकाएर वैदेशिक रोजगारबाट फर्किएका एकजना मोरङका युवालाई ट्याक्सी ड्राइभर र होटल संचालकले बाटोमै अलपत्र पारेर ल्याएका सामान लुटेको खबर छ ।
कतारको दोहाबाट काठमाडौ आएका मोरङको गोलाप्रासी घर भएका प्रदिप सिग्दारको ५० ग्राम सुनको बाला र कम्पनी नखुलेको घडी २ थान सहितको बिभिन्न लत्ताकपडा भएको ब्याग ती होटल संचालक र ड्राइभरले लिएर भागेका थिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा बा.२ ज ४२१४ नम्बरका ट्याक्सी चालक कृष्ण बहादुर पहरी र काठमाडौँ तिलगंगा स्थित सिताराम गेष्टगाउस संचालक अरुण मण्डल रहेका छन् ।
उनीहरुले बिहीबार सिग्दारलाई एयरपोर्टबाट गेष्ट हाउसतर्फ लैजाने भन्दै गेष्ट हाउस नलगी बाटोमा छोडेर उक्त सामान भएका व्याग लिएर गएका थिए । पीडितले एयरपोर्ट प्रहरीमा घटनाको निबेदन दिए पश्चात सिसीटिभी फुटेजको सहयोगमा ट्याक्सी चालक र गेष्टहाउस संचालकलाई पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको हो ।