Archive for the ‘Nepal Vote 2017’ Category

बाराकाे निजगणमा प्रधानसेनापति राजेन्द्र क्षत्री
साैजन्य: नेपाली सेना

काठमाडौं– नेपाली सेनाका सेनापति प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन कार्यक्रम अन्तर्गत दोस्रो चरणमा निर्वाचन हुने प्रदेश दुईका चार जिल्ला भ्रमण गरेका छन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले दोश्रो चरणमा मंसिर २१ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षार्थ सिराहा, धनुषा, रौतहट र बारामा खडा भएका सुरक्षा बेशहरुको निरीक्षण भ्रमण गरेका हुन ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले सुरक्षा बेशहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन भएका तयारीहरुको बिषयमा जानकारी लिएका थिए ।

प्रधानसेनापति क्षत्रीले बिहीबार नै काठमाण्डौ—तराई÷मधेश द्रुतमार्ग निर्माण कार्यदल गणको मकवानपुर जिल्लाको दोभान र बारा जिल्लाको निजगढस्थित नवनिर्मित बेशक्याम्पहरुको समेत उदघाटन गरेका छन । दुबै कार्यक्रमहरु सम्पन्न गरी प्रधानसेनापति क्षत्री बिहीबार नै काठमाडौं फिर्ता भएका छन ।

Advertisements

काठमाडौं – चुनावी मोर्चामा खटएिका एकजना मन्त्रीका अंगरक्षकको हिर्दयघातका कारण मृत्यु भएको छ ।
बिना विभागीय मन्त्री तथा वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान निधन भएको छ ।
नेपाली सेनाका जम्दार ४६ वर्षीय रामबहादुर बुढाको हिर्दयघात का कारण निधन भएको चिकित्सकले बताएका छन् ।
पुर्खौली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए । मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरहेको अवस्थामा राति अचानक असहज महसुस गरेपछि उनलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।
उपचारका लागि नर्सिङ होम पुर्याउना साथ बिहान १ बजेर ४५ मिनेटमा बुढालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले शवलाई आफन्त र सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको बताए ।

  • ५३ कारागार र २३ विमानस्थल सेना मातहत,
  • ३३ स्थानमा बम फेला,
  • ६४ हजार सैनिक निर्वाचन सुरक्षामा

 

काठमाडौं– नेपाली सेनाले दुई सातामा देशका ३३ स्थानमा राखिएका बम र बिस्फोटक पर्दाथ निश्क्रिय पारेको छ । सेनाले देशभर निर्वाचन र उम्मेदवार लक्षित बम तथा बिस्फोटक पर्दाथ निश्क्रिय पारेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा रहेका २३ वटा विमानस्थल आफ्नो जिम्मामा लिएको जनाएको छ । ती विमानस्थलमा खटिएका प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचनका लागि क्षेत्रमा खटाएर सुरक्षा जिम्मेबारी सेनाले आफु मातहत लिएको हो ।
निर्देशनालयका अनुसार देशभरका ५३ प्रमुख कारागारको सुरक्षा समेत सेनाले आफ्नो जिम्मामा लिएको छ । निर्वाचन अवधीभर कारागार सुरक्षा सेनाको मातहत रहने छ ।
सेनाले आसन्न प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली सेनाबाट ६४ हजार २० जना सैन्य फौज परिचालन गरेको छ ।
निर्वाचन सुरक्षामा खटिएको फौजले मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको छ ।

निर्देशनालयका अनुसार ब्यारेक बाहिर निस्किएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनको लागि आवश्यक मतपत्र छपाईमा सुरक्षा प्रदान गर्नुको साथै पहिलो चरणको निर्वाचनको लागि नेपाली सेनालाई तोकिएका स्थानहरुमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको छ । यस्तै दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरु मध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न भै सकेको सेनाले जनाएको हो।

 

बम कहाँ–कहाँ भेटिए

निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन आसन्न निर्वाचनमा सुरक्षाको तेस्रो घेराको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भए अनुसार संवेदनशीलतालाई दृष्टिगत गरी गुल्म तथा सैनिक मुख्यालय स्तरको बेश स्थापना गरी सुरक्षा प्रदान गर्ने कार्यमा नेपाली सेना खट्टिईरहेको छ ।
सोही क्रममा देशका विभिन्न भागमा शंकास्पद वस्तु तथा बमहरु फेला परेका घटनाहरुमा तदारुकताकासाथ सैनिक व्यक्तिहरु खट्टिई त्यस्ता शंकास्पद वस्तुहरुलाई सुरक्षितसाथ निस्क्रिय गर्ने कार्य समेत गरिरहेको छ ।
सोही क्रममा मिति २०७४ कार्तिक २२ गतेदेखि मिति २०७४ मंसिर ०८ गतेसम्म पाँचथर जिल्लाको फिदिम, फाकफोकथुम र हिलिहाङ्ग, जाजरकोट जिल्लाको चौरजहारी, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र बाह्रविसे, रोल्पा जिल्लाको भदौरे, रामेछाप जिल्लाको खाडाँदेवी, ओखलढुङ्गा जिल्लाको मोलुङ, लम्जुङ्ग जिल्लाको वेसिशहर, पर्वत जिल्लाको कुश्मा, धादिङ्ग जिल्लाको निलकण्ठ, गजुरी, गल्छी र घाटबेशी, बाग्लुङ्ग जिल्लाको बढीगाउँ र निशिखोला, अछाम जिल्लाको साँफेबगर, संखुवासभा जिल्लाको धर्मदेवी, रुपन्देही जिल्लाको बुटवल, रौतहट जिल्लाको गुजरा र कटानी, रसुवा जिल्लाको उत्तरगया, चितवन जिल्लाको भरतपुर, खोटाङ्ग जिल्लाको हलेसी, गोर्खा जिल्लाको गण्डकी र सिरानुचोक, नुवाकोट जिल्लाको शिवपुरी र विदुर, दाङ्ग जिल्लाको शान्तिनगर, कालिकोट जिल्लाको छाती, नवलपरासी जिल्लाको देवचुली एवं दोलखा जिल्लाको भिमेश्वर नगरपालिका गरी जम्मा ३३ स्थानहरुमा फेला परेका शंकास्पद वस्तु, बम तथा आई.ई.डी.हरु सुरक्षितसाथ डिस्पोज गरेको छ ।