Archive for the ‘apf’ Category

काठमाडौं– देवदहका बलु भन्ने बसन्त पौडेलको हत्यामा भारतको बिहारबाट भित्रिएको मोटरसाईकल, इटालियन नाईन एमएम क्यालिबर पेस्तोल र मनोज पुन भन्ने मनोज बुढामगरकको लगानी र ब्यवस्थापनमा भएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रदेश प्रहरीले गरेको संयुक्त अनुसन्धानमा पुस २१ गते हत्या गरिएका बलुको हत्यामा संलग्न पटके अपराधीलाई मनोज र उनका सहयोगी सोमबहादुर आलेले निर्देशन दिएको तथ्य खुलेको हो ।
घटनामा प्रत्यक्ष संलग्न दुईजनालाई केन्द्रीय अनुसन्धान ब्युरो र संघिय प्रहरी इकाई कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
रुपन्देही देवदह नगरपालिका खैरेनी चोक बस्ने बलु भन्ने बसन्त पौडेललाई ढेकार स्थित आफ्नै काठ फर्निचर मिलमा मोटरसाईकलमा आएका दुइजनाले गोली प्रहार गरि हत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेका नवलपरासीका पदम चौधरी र सुनसरीका महेन्द्र भन्ने महिनारायण चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पदम २०७४ साल बैशाखमा कारागारबाट अपहरण तथा शरिर बन्धक मुद्दामा सजाय भुक्तान गरि छुटेको र महिनारायाण् २०७४ साल जेष्ठ १५ गते कारागारबाट हातहतियार खरखजना मुद्दामा सजाय भुक्तान गरि छुटेका पटके अपराधी हुन ।
दुबैले मनोज पुन भन्ने मनोज बुढा मगर र सोमबहादुर आले लगायतको सम्पर्कमा रहि घटना घटाउन मोटरसाईकल सुरक्षित राख्ने, मृतकको घर तथा कारखाना अवलोकन गर्ने, मोटरसाईकल चालकको व्यवस्थापन गर्ने, मनोजले पठाएको हातहतियार गोलीगठ्ठा सुरक्षित राख्ने, घटना पश्चात सुटर तथा मोटरसाइकल चालकलाई भाग्नको लागी सुरक्षित बाटो देखाउने र गोली हान्दा प्रयोग गरेको पेस्तोल, कट्टा तथा बाँकि गोलीहरु सुरक्षित राख्ने काम गरेका हुन ।
महिनारायणले घटनाको दिन पेस्तोल लिई सुटरसँगै घटनास्थल गई हतियार ताकी गोली हान्न सघाएको, गोली हाने पश्चात सुटरलाई उक्त मोटरसाइकलमा राखी भागेको, घटना पश्चात आफ्नो साथमा रहेको हतियार तथा सुटरको साथमा रहेको हतियार जङ्गलमा सुरक्षित राख्ने काम गरेका थिए ।

प्रहरीले अपराधमा प्रयोग गरिएको लु ४ प १४ नम्बर लेखिएको ग्ल्यामर मोटरसाईकल भारत बिहारको भवानपुर भैसाली बस्ने बिनय कुमारको नाममा रहेको तथ्य पत्ता लगाएको हो ।
बलुको हत्या लगत्तै व्यूरोबाट प्रहरी वरिष्ठ उपरिक्षक घनश्याम अर्याल र नायव उपरिक्षक भिष्म हुँमागाइ सहितकाे अनुसन्धान टोली खटाएको थियो । यस्तै संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाबाट प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीको कमाण्ड घटनाको अनुसन्धानमा खटिएको थियो। टोलीले जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीको प्रत्यक्ष सम्पर्क तथा संलग्नतामा अनुसन्धान कार्य गरेको हो ।

Advertisements

काठमाडौं– काठमाडौं उपत्यकामा श्रृंखलावद्ध चोरी र डकैतीमा संलग्न एकजना कुख्यात डाँका सदरखोर डिल्लीबजारको काँडेतार काटेर भागेका छन ।
महानगरीय प्रहरीमा दुई दर्जनभन्दा बढि चोरी, लुटपाट र डकैतीमा संलग्न रहेको सूचीमा रहेका टिकाबहादुर थापा मगर नाम भएका टिके डाँका बिहीबार राती कारागारको सुरक्षा प्रवन्धलाई चुनौती दिदै भागेका हुन ।
महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले टिकाबहादुर फरार भएको पुष्टिगर्दै खोजी कार्य जारी रहेको पर्दाफासलाई बताए । उनका अनुसार कारागारभित्र रहेको कारखानाको काँडेतार काँटेर उनी फरार भएका हुन ।
प्रहरी उच्चस्रोतका अनुसार काराखानामा नियमित गन्तीगर्ने सुरक्षा अधिकारीको लापरवाहीका कारण टिकाबहादुर भागेका हुन । सुरक्षा अधिकारीले गन्तीमा छुटाएका टिकाबहादुर त्यही मौकामा राती भागेका हुन । उनका साथ भागेका अन्य एक कैदी तत्काल पक्राउ परेपनि उनी भाग्न सफल भएका हुन ।
‘एकजना चोरी मुद्दाका बन्दी कारागारबाट फरार भएका छन, फरारको खोजी र सुरक्षाका बिषयमा आन्तरिक छानबिन भै रहेको छ’ एअाइजी चन्दले भने ।

को हुन टिके डाँका 
सागर बोलाउने, नागरिकताको नाम टिकाबहादुर थापा मगर तर प्रहरीका लागि ‘टिके डाँका’। टिकेका बिषयमा जति प्रहरी र अड्डा अदालतलाई जानकारी छ, त्यही अनुपातमा टिके पनि प्रहरी र अड्डा अदालतका बिषयमा जानकारी राख्दछन् । २०६४ पछि पटक–पटक गरि पाँच वर्षसम्म सुधार गृह९कारागार० बसेका टिके पछिल्लो पटक गत असार ७ मा पक्राउ परि २६ लाख रुपैयाँ बुझाएर छुटेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेका टिके बारम्बार सुधारका लागि सुधार गृहमा राखिएपनि पुरानै पेशामा फर्कने अभियुक्तमध्ये एक हुन । काठमाडौं उपत्यकालाई कार्य क्षेत्र बनाएका टिके १५ घटनामा संलग्न रहेको प्रहरीसँग अनुसन्धान प्रमाण छ । बाँकी एक दर्जन बढि घटनामा उनको संलग्नता हुनसक्ने आशंकामा महाशाखाले अनुसन्धान गरिरहेको छ ।

‘काठमाडौंमा नगद लुटपाट भए शंकाको पहिलो घेरामा पर्ने अभियुक्तमध्ये एक हुन, यसपटक दशीप्रमाण सहित नियन्त्रणमा लिएका छौ,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने । उनका अनुसार टिके काठमाडौंमा रहेको सूचना पाएपछि पच्छ्याई रहेको टोलीलाई समेत आक्रमण गरेर उनी भाग्न खोजेका थिए । महाशाखाले टिकेलाई मनहरा क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।

भक्तपुर कौशलटारमा रहेको एनआईसी एशिया बैंकबाट नगद निकाली गठ्ठाघर जादै गरेकी मन्दिरा अधिकारीको लेडिज ब्याग खोसेर भागेका अज्ञात ब्यक्तीको खोजीमा जुटेको प्रहरीले टिकेलाई पक्रेको हो । अधिकारीले बैंकबाट रकम निकालेपछि टिकेले लुटेका थिए । प्रहरीले अधिकारीबाट लुटपाट भएको ६ लाखमध्ये तीनलाख उनको कोठाबाट बरामद गरेको छ। प्रहरीले टिकेको कोठाबाट अधिकारीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र , एमकला भन्डारीको नागरिता प्रमाण पत्र , ढाका को लेडिज ब्याग , एम कला भन्डारिको ग्लोबल आईएमई बैंकको चेक बुक तथा लुटपाट गर्दा प्रयोग गरेको ज्याकेट जुत्ता समेत फेला पारेको हो ।

महाशाखाका अनुसार टिकेलाई पहिलो पटक २०६४ बैशाख ६ मा डाँका घटनामा पक्राउ गरिएको हो । दोस्रो पटक २०६५ जेठ ५ मा पक्राउ परेका टिके त्यसको तीनवर्षपछि २०६८ असार ३४ मा मोटर साइकल चोरी घटनामा पक्राउ परेका थिए । सो वर्ष कारागार गएका टिके चैत ५ मा छुटेका हुन । यस्तै पुनः २०६९ साउन ३ मा पक्राउ परेका टिके धरौटीमा रिहा भएका हुन। पछिल्लो पटक उनी गत वर्ष असारमा २६ लाख धरौटी बुझाएर छुटेपछि पुनः लुटपाट र चोरीमा संलग्न हुदै आएका थिए ।

महिला र नगद पहिलो निशाना

प्रहरी अनुसन्धानमा टिकेको समुह संलग्न अधिकांश घटनाका पीडित महिला रहेका छन । यस्तै टिकेको समुहले वित्तिय संस्थाबाट रकम निकालेर निस्किएका महिलालाई पहिलो निशाना बनाउने गरेको अनुसन्धानमा खुलेको हो ।

महाशाखाका अनुसार यस वर्ष असोज देखि पुससम्म भएका पाँच घटनामा चार घटनाका पीडित महिला रहेका छन । यस्तै घटनामा टिके समुहले आफैले चोरी गरेका मोटरसाईकल प्रयोगगर्दै आएको थियो ।

टिकेको समुहले पुस २२ गते मन्दिरा अधिकारीको ६ लाख, मंसिर १९ गते यमकला भण्डारीको तीनलाख ६० हजार, मंसिर ५ गते सुस्मिता सुवेदीको करिब ७५ हजार लुटपाट गरेको हो । भक्तपुर कटुन्जेमा रहेका इस्ट इन्टरनेशनल मनि ट्रान्सफरबाट रकम निकालेकी सुबेदी, भन्डारीले सहकारी बाट निकालेको रकम लुटपाट भएको थियो । यसै वर्ष असोज १४ मा भक्तपुर राधे राधे मन्दिर नजिकबाट मायादेबी उप्रेतीको साथमा रहेको ९३ हजार रुपैयाँ, असोज ५ मा काभ्रेको बनेपा तरकारी बजारमा कन्ट्री डेभलपमेन्ट बैकमा जम्मा गर्न लगिरहेको तीन लाख ७० हजार लुटपाटको प्रयासमा टिके समुह असफल भएका थिए ।

महाशाखाका अनुसार टिके समुहले २०७२ बैशाख २७ मा वाफलस्थित कोहिनुर हाउजिङको नजिकै सिता श्रेष्ठको २ तोलाको सुनको सिक्री लुटेका थिए । यस्तै सोही दिन बुद्धनगरमा उर्मिला कडेलको ३ तोलाको सुनको सिक्री लुटेर टिके समुह फरार रहेको थियो ।

महाशाखाका अनुसार २०७१ माघ २१ मा नयाँ बानेश्वर ह्वाईट हाउस कलेज नजिकबाट ग्लोबल आईएमई बैंकबाट निकालेको सरस्वती आचार्यको १८ लाख ८५ हजार र सोही वर्ष पुसमा सुमित्रा अधिकारीको साथमा रहेको ७० हजार तथा कात्तिकमा शनी इन्टरप्राइजेज कपनवाट रकम निकालेर पैदल हिडिरहेको अवस्थामा प्रेरणा राईको एकलाख ५५ हजार लुटपाटको घटनामा यही समुह संलग्न रहेको थियो ।

मोटरसाईकल र गाडी चोरी

नगद नभए महिलाले लगाएका सुनका गरगहना समेत लुछेर भाग्ने टिके समुहले एउटा बलेरो गाडी र तीनवटा मोटरसाईकल समेत चोरी गरेको महाशाखाले जनाएको छ । पछिल्लो पटक जेठ एकमा टिके समुहले महाराजगन्जस्थित शिक्षण अस्पतालको पार्कीङबाट राम थापाको बा।७४ प।३६३२ नम्बरको निलो रंगको मोटर साईकल चोरी गरेको हो ।

यस्तै गत वर्ष जेठ २१ गते बौद्ध भाटभटेनीमा पार्किङ गरेको राम काजी श्रेष्ठको मोटरसाईकल टिके र तेजवहादुर तामाङले चोरी गरेका थिए । सोही वर्ष जेठ मसान्तमा सोही स्थानबाट विष्णुवहादुर गुरुङगको बा।६ च ७६९८ नम्बरको बोलेरो गाडी चोरी गरी मकवानपुर पदमपोखरीमा लगि लुकाई छिपाई राखेका थिए । प्रहरीले गाडी बरामद गरि सम्बन्धीत धनीलाई बुझाएको थियो । यस्तै गत जेठ २० मा पुरानो बानेश्वरबाट जीवन शर्माको बा।६८ प। ९०१८ नम्बरको पल्सर मोटरसाईकल, २०७१ चैतमा ओम अस्पताल चाबहिलबाट राम श्रेष्ठको बा।६७ प। ८४६८ नम्बरको निलो कालो रंङको पल्सर मोटरसाईकल चोरी गरेको अनुसन्धानमा खुलेको छ ।

महाशाखाका अनुसार चोरी गरेको मोटरसाईलको प्रयोगगर्दै नक्कली नम्बर राखेर लुटपाटका घटना गर्ने गरेको थियो । प्रहरीका अनुसार ८९५७ र ९०६३ नम्बरको प्लेट राखेर लुटपाट भएको हो ।

( नागरिक दैनिककाे अनलार्इन संस्करणमा प्रकाशित पुरानाे अालेख) 

टिके डाँकाको राम कहानी नागरिक दैनिकमा दीपक खरेलको कलमबाट ः

कुख्यात ‘टिके डाँका’ पक्राउ

काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा पुस ४ मा भएको आगलागी प्रमाण नष्टगर्ने उद्देश्यबाट योजना बनाएर गरिएको निश्कर्ष सहित अनुसन्धानको जिम्मेबारी केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ ।
सशस्त्रको स्टोर रुममा पुस ४ गते एकाबिहानै आगलागी भएको थियो । घटनामा २०६१ पछिका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले एकजना सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिती पुस ५ मा गठन गरेको थियो ।
मन्त्रालयका अनुसार छानबिन समितीले पुस २३ मा बुझाएको प्रतिवेदनमा सुनियोजित तरिकाले श्रेष्ता तथा कागजपत्र जलाउने उद्देश्यले आगलागी भएको निश्कर्ष निकालेको हो ।
छानबिन समितीले सशस्त्र प्रहरीको आर्थिक प्रशासन निर्देशनालय र सो मातहत रहेका शाखा कर्मचारीलाई तत्काल हटाएर अनुसन्धानको जिम्मेबारी सिआईबीलाई दिन भनेको हो ।
घटनाको प्रारम्भीक अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले यसअघि नै सशस्त्रका नायब निरीक्षक र हवल्दारलाई पक्राउ गरेर कारवाही गरिरहेको छ ।
नेपालको सुरक्षा इतिहासमा पहिलो पटक एउटा सुरक्षा संगठनले भ्रष्टाचार ढाकछोपगर्न आफ्नै मुख्यालयमा आगलागी गराएको हो ।

हेर्नुहोस गृह मन्त्रालयको प्रतिवेदन सक्षिप्त विवरण

Home Ministry Report

मकवानपुरमा रहेकाे भिमफेदी मध्य क्षेत्रिय कारागार र इन्सेटमा चाइनिज भनिने रमेश लामा

काठमाडौं– कारागारमा आफु बिरुद्ध बोल्ने ६ जनालाई गंभिर घाईते हुनेगरि कुटपिटमा संलग्न रहेका एकजना कैदी कारागार ब्यवस्था विभागका केही भ्रष्ट कर्मचारीको आडमा जेल प्रशासनलाई उल्टो थर्काउन थालेको खबर प्राप्त भएको छ ।
विभागले कानुन मिचेर मध्य क्षेत्रिय कारागार भिमफेदीको नयाँ बल्कका चौकिदार बनाएका चाइनिज भनिने रमेश लामाको समुहले पुस १३ गते ६ जनालाई गंभिर घाइते हुनेगरि कुटपिट गरेको थियो । घाइतेमध्ये एक दिब्यकुमार श्रेष्ठ अझै हेटौडामा रहेको चुरेहिल अस्पतालमा उपचाररत रहेका छन ।
कारागारको आन्तरिक प्रशासन अन्र्तगत रहेका टेलिफोन सेवा, किराना पसल र भेटघाट सुविधा नियमभन्दा दोब्बर दररेट गरेको र कैदीबन्दीलाई लगातार दुब्र्यवहार भएपछि केही कैदी बन्दीले हिम्मत गरेर आवाज उठाएका थिए । तर आफु बिरुद्ध बोलेको भन्दै चौकिदार लामा र उनको समुहले निर्घात कुटपिट गरेको हो ।
कारागारमा सरुवा भएर केही समयअघि मात्र कार्यभार सम्हालेका चिरञ्जिबी थापाले कुटपिटमा संलग्न समुहका कारण आन्तरिक सुरक्षा खतरामा रहेको जानकारी विभागमा गराएपनि उनी बिरुद्ध कारवाहीको साटो उल्टो थापालाई नै सरुवागर्ने प्रपञ्चमा विभाग लागेको छ ।
जेल प्रशासनको नियम अनुसार झडपगर्ने समुहलाई तत्काल जेल सरुवा गरेर सुरक्षा ब्यवस्था मिलाउने गरिन्छ । तर किर्ते कागजपत्र बनाएर कैदी भगाएको आरोप लागेर तारेखमा रहेका रमेश लामाले पैसाको आडमा विभागबाट सहुलियत पाउदै आएका छन ।
भिमफेदी कारागारमा आफ्नो एकक्षत्र राज चल्ने भन्दै लामा समुह दमनमा उत्रिएपछि कैदीबन्दीले विभाग, गृह मन्त्रालय र अख्तियारमा हारगुहार गरेपछि विभागले निर्देशक कृष्णप्रसाद आर्चायको नेतृत्वमा छानबिन समिती बनाएको छ । विभाग स्रोतका अनुसार आर्चायको छानबिन समितीले रमेश लामा भन्दापनि त्यहाँका जेलर थापालाई हटाएर अर्का विवादास्पद जेलर मात्रिका दाहाललाई पठाउने प्रपञ्च अनुसारको प्रतिवेदन बनाउने तयारी गरेका छन ।
यता, कारागारका कैदीबन्दीले बुधबार मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग र नेपाल पत्रकार महासँघलाई पत्र लेखेर आफुहरु बिरुद्ध दमन भै रहेको जानकारी गराउने तयारी थालेका छन ।
‘जेलर थापाले न्यायका पक्षमा बोलेका छन, दमनगर्ने समुहले पैसाको सेटिङ मिलिसक्यो, विभाग हाम्रो हो भन्दै थर्काउदै छन, हामी न्यायका लागि हारगुहार गरिरहेका छौं,’ एकजना कैदीले टेलफोनमा पर्दाफासलाई भने ।

मकवानपुरमा रहेकाे भिमफेदी मध्य क्षेत्रिय कारागार र इन्सेटमा चाइनिज भनिने रमेश लामा

काठमाडौं– काठमाडौं उपत्यकामा संगठित डकैती र लागूऔषध कारोबारमा कहलिएका रमेश लामा चाइनिज जुन कारागार पुग्छन, त्यहाँको शान्ति–सुब्यवस्था बिथोलिएको छ । रामेछाप कारागार र नख्खु कारागारमा हंगामा मच्चाएका चाइनिज पछिल्लो समय कारागार व्यवस्थापन विभागमा मोटो नजराना बुझाएर नख्खुबाट भिमफेदी कारागारमात्र पुगेन्न । नयाँ बनेको सुविधा सम्पन्न नयाँ बल्कको चौकिदार पद समेत पडकाए ।
तर भन्छन नी ‘नानीदेखिको बानी कहि नजानी’, मोटो रकम बुझाएर चौकिदार भएको बताउदै कैदी बन्दीमा धाक जमाउदै आएका चाइनिजले आन्तरिक प्रशासनमा रहने पसल, फोन सेवा र भेटघाट समेत आवश्यकता भन्दा महँगो बनाउदै लुट मच्चाएका थिए । भिमफेदी कारागारमा सरुवा भएर गएका नयाँ जेलर चिरञ्जीबी थापाले चाइनिजको करतुत पाउनु अघि केही कैदी बन्दीले चर्को शुल्क र ज्यादती बिरुद्ध बिहीबार आवाँज उठाएछन ।
तर, चौकिदार रमेश लामा चाइनिज र उनको नाइके समुहले सुधारको पक्षमा आवाज उठाउनेलाई छानीछानी भकुरेरछन । बिहीबार दिउसै दिनको १२ बजे भिमफेदी कारागारमा कैदी बन्दी र कारागारको आन्तरिक प्रशासन मानिने चौकिदार तथा नाइकेबिच झडप भयो । केही घण्टासम्म चलेको उक्त झडपमा बैकिंङ कसुरमा कारागारमा रहेका दिब्यकुमार श्रेष्ठ सहित ६ जना गंभिर घाइते भए ।
घटनापछि जेलर थापा सुरक्षाकर्मी सहित बल्कमा पसेर झगडा साम्य बनाए र घाइतेलाई मकवानपुरमा रहेका चुरेहिल अस्पतला लगियो । कैदीबन्दीले एकै श्वरमा चौकिदार चाइनिजको करतुतका बिषयमा जेलर थापालाई बताए । थापाले तत्काल विभाग र स्थानिय प्रशासनमा जानकारी गराए । तर मोटो करम बुझाएर चौकिदार बनेका चाइनिजलाई कारवाहीको साटो विभाग र मकवानपुर प्रशासन मौन रहँदा भिमफेदी कारागारको नयाँ बल्कमा पुनः ताण्डव मच्चिने आशंका ज्यूका त्यू रहेको छ ।
कारागार प्रशासनले तत्काल चौकिदार सहित नाईके समुहको अन्यत्र सरुवा गरेर आन्तरिक प्रशासन नयाँ समुहलाई दिएर सुधारको प्रयास नगरे झडप हुने एक कैदीले पर्दाफासलाई टेलिफोनमा बताए ।

काठमाडौं– विवाद र भ्रष्टाचारको पर्याय बन्दै गएको सशस्त्र प्रहरी बलको मुख्यालयमा फेरि एउटा यस्तो घटना भएको छ, जसले अर्ध सैनिक बलको शिर झुकाएको छ । अागलागीमा सहयाेगी भएर अागाे निभाउने सशस्त्रले अाफ्ना हाकिमकाे भ्रष्टाचार लुकाउन अाफ्नै मुख्यालयमा अागाे लगाएकाे खुलेकाे हाे ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा पुष ४ गते एकाविहानै आगलागी भयो ।
बलको प्याराफिटमुनी रहेको स्टोरमा आगलागी भई स्टोरभित्र रहेका विभिन्न महत्वपुर्ण कागजातहरु तथा जिन्सी सामानहरु जलि नष्ट भएका थिए । जसमा मुख्यतहः २०६२ पछिका हरहिसाब समेत रहेका थिए ।
महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेती र डिएसपी प्रजित केसी घटनाको अनुसन्धानमा तत्काल खटिएका थिए । सुरुमा पत्रकारलाई घटनास्थलमा जान रोक लगाएपछि नै घटनामा केही गडबडिको आशंका गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सशस्त्रका पूर्व प्रहरी महानिरीक्षकहरुको मुद्दा चलिरहनु र स्टोरमा आगलागी हुनु सामान्य थिएन । महाशाखाले घटनाका दिन डिउटीमा रहेका केही शकांस्पद बलका अधिकारीको कल डिटेल बिश्लेषणगर्दा आगो लागेको होइन, लगाईएको पुष्टि भएको छ ।

महाशाखाले अनुसन्धानको क्रममा सोही शाखामा कार्यरत सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठको संलग्नता देखिएको पुष्टि गरेको छ । महाशाखाले श्रेष्ठलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त स्वयम्भु पठाईएको छ । श्रेष्ठ उपर मुलुकी ऐन आगो लगाउने महलको ६ नंम्बर बमोजिम कारवाही अगाडी बढाइने भएको छ ।

सांकेतिक फाइल तस्विर

काठमाडौं– नेपालबाट भारतीय रुपैयाँ बाहिरीनु वा नेपालमा भारतीय रुपैयाँ भित्रनु खासै आश्चर्यको कुरो रहेन । यस्तै विदेशी मुद्रा समेत समय अनुकुल नेपाल–भारत तस्करी भै रहेको हुन्छ ।
तर शुक्रबार निर्वाचनको संघारमा भारतबाट नेपाल भित्रदै गरेको ४० लाख रुपैयाँ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले बरामद गरेपछि भारतमा जम्मा भएको रुपैयाँ निर्वाचनका लागि नेपाल भित्रिएको आशंका गर्न थालिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रुपन्देहीबाट खटिएको एपीएफ टोलीले शुक्रबार ४० लाख नौ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।
रुपन्देही जिल्लाको कोटहीमाई गाँउपालिका ५ नौडिहवा बस्ने २४ वर्षिय विजयनाथ यादवलाई सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित मेउडीहवा भन्ने स्थानबाट उक्त रकमसहित एपीएफ टोलीले पक्राउ गरेको हो ।
लु.२९ प ४९४१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा यादवलाई बरिष्ठ हवल्दार मुक्तिप्रसाद थारुको कमाण्डमा खटिएको एपीएफ टोलीले रकम सहित पक्राउ गरेको हो ।
एपीएफ टोलीले उक्त मोटरसाइकल समेत बरामद गरी यादवलाई रकम सहित आवश्यक अनुसन्धानका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी अजय छतकुलीले पर्दाफासलाई बताए ।