Archive for the ‘PRIVATE’ Category

काठमाडाैं– गुम्बामा कथित रिम्पाछेकाे बलात्कारकाे घटना सेलाउन नपाउदै काठमाडाैंकाे एउटा चर्चमा भएकाे बलात्कारकाे घटना बाहिर अाएकाे छ । प्रहरीले शनिबार प्रार्थनाका लागि चर्चमा गएकी एक युवतीको बलात्कार गरेको आरोपमा एकजना युवालाई पक्रेको छ ।
प्रहरीका अनुसार घटना बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित रहेको एउटा चर्चमा भएको हो । बुढानिलकण्ठ पासीकोट बस्ने एकजना १६ बर्षे युवती चर्चमा जाने क्रममा लछारपछार गर्दै शौचालयमा लगेर बलात्कार भएको हो । प्रहरी प्रधान कार्यालयकाे समाचार बुलेटिनमा भनिएकाे छ ‘चर्चको ट्वाइलेटमा हातपात तथा जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाइ पक्राउ गरेकाे छ।’

महानगरीय प्रहरी प्रमुख एअाइजी जयबहादुर चन्दले घटना भएकाे  बताउदै साे बिषय सम्बेदनशील रहेकाले प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताए । उनले भने  ‘ घटना भएकाे हाे, बिस्तृत विवरण अनुसन्धानपछि अाउनेछ,।’
गोरखाकी ति युवतीलाई शनिबार सोही चर्चको शौचालयमा लगेर हातपात तथा करणी गरेको अाराेपमा नुवाकोटको थोपरेक–२ का २२ वर्षीय परिक्षण बिकलाई प्रहरीले पक्राउ गरेको छ
प्रहरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

फाइल फाेटाे

काठमाडौं– प्रहरी महानिरीक्षकको यात्रा नै आलोचनाको घेराबन्दीबाट पार गरेका प्रकाश अर्याल लामो समय मौन रहे । संगठनको आन्तरीक सुधारका पक्षमा पहल थालेका उनलाई भित्रैबाट असहयोगमात्र भएन, राजनीतिक स्थिरताका कारण अर्यालको आलोचना भै रहयो । तै पनि चुपचाप आफ्नो बाटो हिडिरहेका अर्याल हिजोआज भने बोल्न थालेका छन ।
उनले संगठनको संरचनामै असरपर्ने गरि एकपछि अर्को निर्णय हुने र त्यसको अपजस महानिरीक्षकलाई दिएर अन्य अधिकारी पानी माथिको ओभानो हुन थालेपछि कडा रुपमा प्रस्तुत हुन थालेका छन ।
महानिरीक्षक अर्याल निकटहरुका अनुसार बढुवा र सरुवाका लागि शक्तिकेन्द्र धाउने अनि त्यहाँबाट दवाब सृजनागर्ने त्यसपछि महानिरीक्षकलाई दोषारोपण गर्न थालेपछि उनी कडा रुपमा प्रस्तुत हुन थालेका हुन । उच्च प्रहरी स्रोतका अनुसार पछिल्लो समय भएको अतिरीक्त महानिरीक्षकको दरबन्दी थप्ने बिषयमा अडान लिएका अर्यालको अन्तिम समयमा केही जोड चलेन । स्रोतका अनुसार गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहका अधिकारीलाई समेत प्रभावमा पार्ने दलाल समुहले यतिबेला प्रहरी संगठनका केही भ्रष्ट अधिकारीको डिजाइनमा संगठन नै ध्वस्त बनाउने चलखेल गर्न थालेका हुन ।
स्रोतका अनुसार विहीबार आयोजना गरिएको दज्र्यानी चिन्ह लगाईदिने कार्यक्रममा महानिरीक्षक अर्यालले त्यसतर्फ संकेत गरेका हुन ।
कार्यक्रममा सहभागी एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार महानिरीक्षक अर्यालले अधिकांस समय संगठनको नाम समेत धुमिल हुनेगरि कामगर्ने तर बढुवा र सरुवाको केही समय अघि राम्रो काम गरेको देखाएर तथा प्रचारप्रसार गरेर बढुवाका लागि दाबीगर्ने अधिकारीका कारण संगठनको यो अवस्था आएको बताएका हुन । उनले संगठनको मूल मर्म विपरित भै रहेका पछिल्ला गतिविधी रोक्नु भन्दापनि गर्ने समुहले पनि संगठनलाई आफ्नो सोच्नुपर्ने बताएका हुन ।
‘जीवनभर गलत गर्ने, बढुवाका बेला दुईचार काम राम्रो गरेर प्रभाव बढाउने अनि दोष मलाई दिने,’ महानिरीक्षकको भनाई उद्दृतगर्दैै ती अधिकारीले थपे ‘आखिर नेतृत्वमा म भएपनि संगठन त सबैको होला,’ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा महानिरीक्षक अर्यालले बढुवा भएका चारजना डिआइजीलाई एआइजीको दज्र्यानी चिन्ह लगाईदिएका हुन । डिआइजीहरु हेमन्त पाल, मधुप्रसाद पुडासैनी, माधवकुमार नेपाल र पंकज श्रेष्ठ एआइजीमा बढुवा भएका हुन ।

सांकेतिक तस्विर

काठमाडाैंः जलेश्वर नगरपालिकाका वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह पक्राउ परेका हुन।

अाइतबार राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।
महिलाका घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र दलित महिलालाई पक्राउ गरी राति ११ बजे प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले दुवैलाई गए राति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । सिंह तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा विजयी भएका थिए ।
करिब नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा पतिको मृत्यु भएकी सो दलित महिला सदस्यले गत असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा दलित महिला वडा सदस्यमा नेकपा एमालेबाट विजयी भएकी थिइन् । पति गुमाएर विधवा रहेकी दलित महिला वडा सदस्य गए राति आफ्ना चार बालबालिकासँग सुतिरहेको बेला वडाध्यक्ष सिंह उनको घरमा पसेको उनीसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोप महिलाका परिवारका अन्य सदस्य तथा गाउँलेले लगाएका छन् ।

प्रहरी उपरीक्षक कडायतले थप अनुसन्धान र सोधपुछ गरिरहेको बताए ।

254733_391354224271315_1088961321_n
KATHMANDU: प्रहरी तगडा छ नेपालको । २०५७ सालमा ब्यवस्था बिरुद्ध बोल्ने एकजना दलितलाई कारवाही गर्ने आधार नभेटिएर चलाईएको गालि बेइज्जती मुद्दाका दोषीलाई १५ वर्षपछि पक्राउ गरेछ । हुन त प्रहरीले आफ्नो कर्तब्यपालना गरेको हो । तर अचम्म त सर्वोच्चको रणनीति अनुसार अदालतका फैसला कार्यन्वयन गराउन दस्ता नै गठन भएको छ । अदालतका कर्मचारी प्रहरी सम्मिलित दस्ताले समेत गर्न नसकेको कार्य ईलाका प्रहरी कार्यालयले गरेछ । त्यसो त सुर्खेत जिल्ला अदालतबाट भएका फैसलामा थुप्रै कैद भुक्तान र जरिवाना असुल गर्न बाँकी नै छ । तर बुधबार अचानक गालि बेइज्जती मुद्दामा रुपैयाँ ५०० जरिवानाको फैसलामा फरार रहेका एकजना ६२ वर्षिय दलितलाई घरबाटै पक्राउ गरेको छ । यहाँ तपाईलाई लाग्दैन दालमा कुछ काला है वा पुरा दालनै कालो हो । पक्राउ गर्ने प्रहरी अधिकारीलाई सोध्ने मन थियो । तर सकिन क्षमा चाहन्छु । फ्लोअपमा उनका कुरा सुनाउला है ।

अहिलेको कुरो चाही !

सुुर्खेत प्रहरीले गालि बेइज्जती मुद्दामा दोषी ठहर भएर फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन । सुर्खेत जिल्ला अदालतको २०५७ फागुन १४ गतेको फैसलाअनुसार गाली बेइज्जती मुद्दामा ५ सय रुपैयाँ जरिवाना सुनाइएका एकजना फरार प्रतिवादीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय छिन्चुले फरार प्रतिबादी सहारे गाबिस–६ बस्ने ६२ वर्षीय मनवीर कामीलाई बुधबार उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका कामीलाई प्रहरीले सम्मानित सुर्खेत जिल्ला अदालतमा दाखिला गरेको छ

छैन त गजब्ब !
तपाईलाई के लाग्छ ? भोट गरौ न है ।

KATHMANDU : नेपाली सेनाको संभाररथी विभागले दोस्रो संविधान सभा निर्वाचनलाई भन्दै खरिदमा कुनै प्रतिस्पर्धा नगरी भ्रष्टाचार गरेको तथ्य खुलेको छ । विभागले निर्वाचनको बिशेष परिस्थतीको उपयोगगर्दै बिना प्रतिस्पर्धा करिब ३८ करोड बराबरको खरिदमा घोटाला भएको आशंका गरिएको हो । निर्वाचन अवधिका लागि सार्वजनिक खरिद ऐन अनुसार प्रकृया निश्कृय भएको अवस्थामा विभागले सवारीसाधन, टायर तथा ब्याटी खरिदमा घोटाला भएको आशंका महालेखापरिक्षकको प्रतिवेदनमा गरिएको हो । संभाररथीले निर्वाचन प्रयोजनका लागि भन्दै ३७ करोड ९० लाख ६० हजार रुपैयाँ बराबरका सवारीसाधन, टायर र ब्याटी ११ दिनको अवधिमा बोलपत्र आह्वान गरेर प्रकृया पुरा गरेपनि निर्वाचनका लागि जम्मा चारवटामात्र सवारीसाधन ठेकेदारले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ । निर्वाचनका लागि जम्मा २ करोड एकलाख ६ हजारका चारथान सवारीसाधनमात्र सो अवधिका उपलब्ध गराएको देखिन्छ प्रतिवेदनमा भनिएको छ । सेनाले बिना प्रतिस्पर्धा कमिसनकै लागि ३५ करोड ८९ लाख ५४ हजार रुपैया बराबरका सवारीसाधन, टायर र ब्याटी मंसिर ३० गतेपछि उपलब्ध गराउने गरि ठेकेदारसँग सम्झौता गरेको हो । संविधान सभाको दोस्रो निर्वाचन मंसिर ४ गते भएको थियो ।
महालेखापरिक्षकको कार्यालयको ५२ औं बार्षिक प्रतिवेदनमा सेनाले आफुखुसी खरिद प्रकृया गर्ने गरेको उल्लेख छ । सेनालाई आवश्यक लत्ताकपडा, खाद्दान्न देखि हातहतियार , मेशिनरी र सवारीसाधन खरिदसम्मका सार्वजनिक खरिद ऐनका प्रकृया बर्षौदेखि मिच्दै आएको छ । प्रतिवेदनमा सेनालाई महालेखापरिक्षकको कार्यालयले यसअघि सुझाएका बिषयमा समेत यसपटक समेत सोही गल्ती दोहरीएका हुन ।
सेना बिरुद्ध सर्तकतामा उजुरी
सेनामा हुने गरेको अनियमितता र भ्रष्टाचार हेर्ने निकाय नहुदा सेनाको मनपरी मौलाएको भन्दै प्रधानमन्त्रीको मातहतमा रहेको सर्तकता केन्द्रमा सेना बिरुद्ध उजुरी पर्ने गरेका छन । प्राप्त एउटा गोप्य उजुरीमा समेत सेनाले बोलपत्र खरिद गर्नमै रोक लगाएर भ्रष्टाचार गर्न खोजेको आरोप लगाईएको छ ।
हेनुहोस तस्बिर ।
20150423_200614
20150423_200637

सर्तकता केन्द्रले कारवाही प्रकृयाका लागि उक्त उजुरी रक्षा मन्त्रालयमा मंसिरमै पठाएको भएपनि कुनै प्रकृया अगाडी बढन सकेको छैन । रक्षा मन्त्रालय स्रोतका अनुसार तात्कालिन रक्षा सचिव देवेन्द्र सिटौलाले सेनालाई कानुनतह कारवाही गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेपछि प्रधानसेनापति गौरबशम्सेर राणा रक्षा सचिव बिरुद्ध अक्रामक भएका थिए । ‘सेना बिरुद्ध उजुरी गर्ने भनेको प्रधानमन्त्रीलाई हो, उहाँ नै मौन बसेपछि कसैको केही चल्दैन’ स्रोतले भन्यौ ।

KATHMANDU : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारका गोप्य सुचना समेत संकलन गरिरहेको खुलासा भएको छ । अख्तियारमा कार्यरत एक महिला कर्मचारीका बिषयमा लगातार समाचार आएपछि त्यसको स्रोत खोज्न प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नै केही पत्रकारको गोप्य सुचना संकलन गर्न लागेका हुन । जनआस्था साप्ताहिकका पत्रकार बिश्वमणी सुवेदीले सोमबार बिहान सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पत्रकारको कल डिटेल अख्तियारले संकलन गरेको खुलासा गरेका हुन । उनको स्टाटस यस्तो छ :

‘लोकमान कार्कीको अड्डाले पत्रकारहरुको call details किन जम्मा पार्दैछ ? (मेरो विवरण पनि NTC बाट गएको सूचना आयो) व्यतिगत गोपनीयताको अधिकार हाम्रो हकमा लागु हुदैन ? हाम्रो सम्पर्कसँग होइन लोकमान, तिमीले भेला पारेका नन्दी र भीरंगीहरुसँग सतर्क हुनुमै तिम्रो कल्याण छ । नत्र, तिम्रा पुराना मालिकको झैँ हविगत होला, बेलैमा चेतना भया ! तिमी शासक बन्न नखोजेकै बेश ! आँधीको भंगालोमा परेको दिन तिमी सँग ‘आइया’ भन्ने मौका पनि नहुन सक्छ ।’

20150323_084449

पर्दाफाससँग कुरा गर्दै सुवेदीले अख्तियारले आफनो अधिकार क्षेत्र बिस्तारगर्दै सबैलाई अधिनमा राख्न अब पत्रकारका सुचना समेत जम्मा गर्न थालेको बताए । उनले भने ‘अख्तियार बिरुद्ध समाचार लेख्ने पत्रकारको मोबाईलका सुचना जम्मा गरेर सुचना दिने स्रोतको घाटी निमोठन खोजिएको हो । सुवेदीले घटना प्रमाणित भए आफु कानुनी लडाई लडने बताए ‘।

KATHMANDU : शहरमा शेयरको मारामार छ । बैंक पिच्छेको घुईचो देख्दा लाग्छ अब उर्जा बैचेरै हामी सम्पन्न हुने भयौ । तर प्रसंग अलि फरक छ । फागुन २्र० गते शेयरको रकम बुझाउन गएका एकजना प्रहरीकै पकेटमारहरुले बगली सफाचट पारेछन ।

opick p

पकेटमारहरुले एनआइडिसि बैंक कमलपोखरीमा अपर तामाकोशी हाइड्रोपावरमा शेयर भर्ने लाईनमा बसेका सशस्त्र प्रहरी बल हल्चोकमा कार्यरत सशस्त्र प्रहरी परिचर कुमार तामाङको नगद १ लाख रुपैयाँ चटकाएछन् ।

650x450x7,2813,29.jpg.pagespeed.ic.6FeqPDilZy

प्रहरीले सुरुवातमा त प्रहरी परिचर कुमार तामाङको भबिष्यप्रतिको सचेतता देखेर खुसी नै लाग्यौ तर मर्म बुझेपछि दिक्क लागेछ । स्रोत भन्छ हल्चोकमा बस्ने एकजना सशस्त्रका ठुलै हाकिमको हाइड्रोपावर मोह पुरा गर्न परिचर खटिएका रहेछन । हाकिमको नगद त जेनतेन तिर्लान तर हाकिमको हाइड्रोपावर सपना भंग भएको रिस कसरी खेप्लान ।