Archive for the ‘PRIVATE’ Category

वरिष्ठ पत्रकार किशाेर श्रेष्ठले सामाजिक सञ्जालमा राखेकाे तस्बिर

काठमाडौं– यौनका लागि नेपाली युवती पाइन्छ भन्दै भारतमा सार्वजनिक बिज्ञापन गरिएको तस्बिर फेला परेको छ । सामाजिक सञ्जालमा रहेको उक्त तस्बिरमा भारतका सबै प्रदेशमा मोजमस्ती तथा यौन सम्पर्कका लागि एक महिलाको नाम र नम्बर समेत उपलब्ध गराइएको छ । जसमा भनिएको छ ‘हामीसँग बंगलादेशी र नेपाली युवतीहरु उपलब्ध छन’ ।
सामाजिक सञ्जालमा सो तस्बिर राख्दै नेपाल प्रेस काउन्सीलका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले भनेका छन – दिल्लीस्थित दूतावासमा बस्ने साथीहरु के गर्दै र हेर्दै दिन कटाउनुहुन्छ ? मौजमस्ती और सेक्स मार्केट खुलेर नेपाली लड्की उपलब्ध हुने बिज्ञापन यसरी हाकाहाकी निक्लँदा देशको हुर्मत लिइँदा खोजवीन,छानबिन,कार्वाही हुनुपर्दैन ?
केही युवतीहरुको तस्बिर समेत राखिएको उक्त पोस्टरमा यसरी देशको नाम जोडेर प्रचारप्रसार गरिनु दण्डनिय अन्र्तदेशिय अपराध मान्निछ ।
पत्रकार श्रेष्ठकाे पाेस्टपछि दिल्लीस्थित नेपाली दुतावासका राजनीतिक कन्सुलर हरी अाेडारीले पत्र लेख्दै घटनाका बिषयमा दिल्ली प्रहरीलार्इ घटनाका बिषयमा जानकारी गराएकाे बताएका छन । अाेडारीले लेखेका छन ‘बिषयकाे जानकारीका लागि धन्यबाद, यस सम्बन्धमा हामीले दिल्ली प्रहरीलार्इ हेर्न भनेका छाैं’, ।

Advertisements

प्रहरीले बरामद गरेकाे जिउदाे हुचिल र पक्राउ परेका अाराेपी

काठमाडौं – प्रहरीले दुर्लभ पशुपंक्षीको अवैध कारोबारमा संलग्न तीनजनालाई पक्रेको छ ।
काठमाण्डौ महानगरपालिका–६ बौद्धबाट प्रहरीले दुर्लभ पंक्षी हुचिल सहित ३ जनालाई पक्राउ गरेको हो ।

हुचिल विक्री वितरण गर्न लागेको सुचनाको आधारमा महानगरीय प्रहरी कार्यालय र महनगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले दोलखा, तामाकोशी गाँउपालिका – ७ घर भई ललितपुर बस्ने २४ बर्षीय जेवी राई, भक्तपुर, बालकोट बस्ने २४ बर्षीय कमल भण्डारी र ईलाम घर भई ललितपुर बालकुमारी बस्ने ३१ बर्षीय पुर्ण बहादुर लिम्बुलाई एउटा हुचिल सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनै जनालाई कारवाहीको लागी हुचिल सहित जिल्ला बन कार्यालय काठमाण्डौमा पठाईएको छ

मकवानपुरमा रहेकाे भिमफेदी मध्य क्षेत्रिय कारागार र इन्सेटमा चाइनिज भनिने रमेश लामा

काठमाडौं– कारागारमा आफु बिरुद्ध बोल्ने ६ जनालाई गंभिर घाईते हुनेगरि कुटपिटमा संलग्न रहेका एकजना कैदी कारागार ब्यवस्था विभागका केही भ्रष्ट कर्मचारीको आडमा जेल प्रशासनलाई उल्टो थर्काउन थालेको खबर प्राप्त भएको छ ।
विभागले कानुन मिचेर मध्य क्षेत्रिय कारागार भिमफेदीको नयाँ बल्कका चौकिदार बनाएका चाइनिज भनिने रमेश लामाको समुहले पुस १३ गते ६ जनालाई गंभिर घाइते हुनेगरि कुटपिट गरेको थियो । घाइतेमध्ये एक दिब्यकुमार श्रेष्ठ अझै हेटौडामा रहेको चुरेहिल अस्पतालमा उपचाररत रहेका छन ।
कारागारको आन्तरिक प्रशासन अन्र्तगत रहेका टेलिफोन सेवा, किराना पसल र भेटघाट सुविधा नियमभन्दा दोब्बर दररेट गरेको र कैदीबन्दीलाई लगातार दुब्र्यवहार भएपछि केही कैदी बन्दीले हिम्मत गरेर आवाज उठाएका थिए । तर आफु बिरुद्ध बोलेको भन्दै चौकिदार लामा र उनको समुहले निर्घात कुटपिट गरेको हो ।
कारागारमा सरुवा भएर केही समयअघि मात्र कार्यभार सम्हालेका चिरञ्जिबी थापाले कुटपिटमा संलग्न समुहका कारण आन्तरिक सुरक्षा खतरामा रहेको जानकारी विभागमा गराएपनि उनी बिरुद्ध कारवाहीको साटो उल्टो थापालाई नै सरुवागर्ने प्रपञ्चमा विभाग लागेको छ ।
जेल प्रशासनको नियम अनुसार झडपगर्ने समुहलाई तत्काल जेल सरुवा गरेर सुरक्षा ब्यवस्था मिलाउने गरिन्छ । तर किर्ते कागजपत्र बनाएर कैदी भगाएको आरोप लागेर तारेखमा रहेका रमेश लामाले पैसाको आडमा विभागबाट सहुलियत पाउदै आएका छन ।
भिमफेदी कारागारमा आफ्नो एकक्षत्र राज चल्ने भन्दै लामा समुह दमनमा उत्रिएपछि कैदीबन्दीले विभाग, गृह मन्त्रालय र अख्तियारमा हारगुहार गरेपछि विभागले निर्देशक कृष्णप्रसाद आर्चायको नेतृत्वमा छानबिन समिती बनाएको छ । विभाग स्रोतका अनुसार आर्चायको छानबिन समितीले रमेश लामा भन्दापनि त्यहाँका जेलर थापालाई हटाएर अर्का विवादास्पद जेलर मात्रिका दाहाललाई पठाउने प्रपञ्च अनुसारको प्रतिवेदन बनाउने तयारी गरेका छन ।
यता, कारागारका कैदीबन्दीले बुधबार मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग र नेपाल पत्रकार महासँघलाई पत्र लेखेर आफुहरु बिरुद्ध दमन भै रहेको जानकारी गराउने तयारी थालेका छन ।
‘जेलर थापाले न्यायका पक्षमा बोलेका छन, दमनगर्ने समुहले पैसाको सेटिङ मिलिसक्यो, विभाग हाम्रो हो भन्दै थर्काउदै छन, हामी न्यायका लागि हारगुहार गरिरहेका छौं,’ एकजना कैदीले टेलफोनमा पर्दाफासलाई भने ।

काठमाडौं– संसारमा सबैभन्दा बढि बिकाउ र गोप्य बिषय यौन हो । यसलाई जोडेर संसारका धेरै ब्यापार फस्टाएका मात्र छैन्न । ठगहरुले यौनलाई जोडेर आफ्नो धन्धा समेत फस्टाउदै लगेका छन । हाल केही वर्षयता नेपालमा ठुला दैनिकदेखि साप्ताहिकसम्म र टेलिभिजनहरुमा यौनसँग जोडिएका अनेकन उत्पादनका बिज्ञापन सामाग्री प्रकाशन तथा प्रशारण हुदै आएका थिए । कैयनले त टेलिभिजनका मुख्य ब्यापारिक समयनै खरिद गरेर आफ्ना उत्पादनको कथावस्तु बनाएर प्रशारण गरिरहेका थिए ।
यसरी प्रचार प्रशार गरिएका उत्पादनको प्रभावकारिता, यसका बिशेषता र मापदण्डका लागि नियमनकारी निकायको मौनता त छदै थियो । यौनसँग जोडिएको बिषय भएकाले एकपटक प्रयोगगर्ने प्रयोगकर्ता समेत उत्पादनले वाचा गरे अनुसारमा परिणाम नदिएपनि तै चुप मै चुप रहदै आएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा केही समयअघि यस्तै उत्पादनबाट पीडित दर्जनौले मौखिक तथा लिखित उजुरी दिएसँगै ब्युरोका अधिकारीले अनुसन्धान थालेका थिए । अनुसन्धानमा एउटा काम भनेर दर्ता भएका कम्पनी र दर्तानै नभएका कम्पनी मार्फत यस्तो धन्दा फस्टाएको रहेछ ।
ब्युरोले एकैपटक १२ यस्ता ठेगानामा छापा मारेर यौनका नाममा भै रहेको कालो धन्दाको पसल बन्द गराएको छ ।

ब्यरोले कम्पनीहरुमा खानतलासी गरी विभिन्न सामानहरू सहित १ जना भारतीय नागरिक समेत १५ जनालाई पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले यस्ता कृयाकलाप सार्वजनिक चासोको बिषयहरु समेत भएकाले संलग्न संचालक तथा ब्यक्तिहरुलाई पक्राउ गरी मुलुकी ऐन ठगीको महल बमोजिम ठगी अपराधमा कारवाही अघि बढेको बताए ।

कहाँ –कहाँ हानियो छापा, को परे फन्दामा, के के पर्याे फेला

१.“गोर्खा हर्बो बीज”
पक्राउ मानिस :-
जिल्ला गोरखा सहिद लखन गाउँ पालिका वडा नं.९घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ११ गंगबु बस्ने रुद्र प्रसास ढकालको छोरा बर्ष२४ को सुदिल ढकाल -१
बरामद भएका सामानहरु
१. STUD 5000 20Gलेखिएको ज्याकेट थान- १ ।
२. ८,Power Increased Thickening लेखिएको टिनको बट्टा १र सो बट्टा भित्र ३ वट्टा चक्कीको दरले १० वट्टा सानो बट्टामा रहेको टिनको बट्टा थान-१ ।
३. Rock Hard लेखिएको 50 ml मलम थान-१ ।
४. DEVELOPE SEYलेखिएको 50 ml को मलम थान- १ ।
५. MEN OF IRON 500 gm लेखिएको बट्टा थान-१ ।
६. Miracle Zen 20 pcs लेखिएको बट्टा थान-१ ।
७. Vigrx Plus 60 Tablets लेखिएको बट्टा थान -३ ।
८. XYTEXL 30 Capsules लेखिएको बट्टा थान – २ ।
९. 24 HORMOTEX 30 Capsules लेखिएको बट्टा थान -२ ।
१०. Touch me please लेखिएको क्रिमको बट्टा थान – १ ।
११. Ella Breast Enlarging Cream + Big Size लेखिएको Wonder lift r Sit लेखिएको बट्टा थान -३
१२. Green tea Breast Lifting Fast Cream लेखिएको बट्टा थान -४ ।
२.कस्मेटीक्स पसल”
पक्राउमा परेको मानिस :-
भारत हरियाण घर भै हाल का.जि.का.म.न.पा.वडा नं. ८ भोटेवहाल बस्ने महाबिर जैनको छोरा बर्ष २८ को विकाश गोयल
बरामद भएका सामानहरु :-
१.Papaya को Breast Enlarging लेखिएको बट्टा थान -६ ।
२.Green Tea को Breast Lifting Fast लेखीएको (300m) बट्टा थान -६ ।
३.Hip Up लेखीएको बट्टा थान -५ ।
४.Dragon को Breast Enlarging लेखीएको बट्टा थान-६ ।
५.Touch Me को Breast Enlarging , लेखीएको बट्टा थान-४ (चार )।
६, Kalong को Breast Enlarging Firming लेखिएको बट्टा थान- ३ ।
७,Beauty Breast Lifting Fast लेखिएको बट्टा ४ (चार ) ।
३. हर्वल शप नेपाल फर्म
पक्राउमा परेको मानिस :-
जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नं. १ मा घर भई हाल का.जि.का.म.न.पा.वडा नं. ३५ मा हर्वल शप नेपाल फर्म संचालन गरी बस्ने देव बहादुर रायमाझीको छोरा बर्ष ३८ को सुर्य बहादुर रायमाझी—————१
१,बरामद भएका सामानहरु :-
१,KALONG Breast smaller cream लेखिएका क्रिम बट्टा थान २ (दुई) ।
२,BREAST ENLARGING CREAM लेखिएको क्रिम थान २ (दुई) ।
३,HERBAL LEVITRA लेखिएको हर्वल बट्टा थान ४ (चार)मा १०० पिस क्यापसुल।
४,POWER V.S.A.लेखिएको १ वटा बट्टा भित्र सानो बट्टा थान ८ भित्र २४ पिस क्यापसुल ।
५,DEVELOPPE SEX ।। RAPID INCREASE लेखिएको क्रिम थान २ (दुई) ।
६,BREAST ENHANCEMENT LIFTINFG SOAP लेखिएका थान १ (एक) ।
७,LOVE KISS लेखिएको क्रिम थान २ (दुई) ।
८,GERRNTEA BREAST LIFTING FAST CREAM लेखिएको थान १ (एक) ।
९,HIPLIFT लेखिएको क्रिम थान २ (दुई) ।
१०, BREAST लेखिएको क्रिम थान २ (दुई) ।
११,STUD 5000 लेखिएको थान २ ( दुई) ।
१२,SILVER FOX लेखिएको पावर थान २ (दुई) ।
१३,pr LIX FUSION लेखिएको पम्प बट्टा भित्र रहेको थान ७ (सात ) र खाली थान १ गरी जम्मा थान ८ (आठ) ।
१४,xxx CAMANDO POWER लेखिएको बट्टा थान १ (एक)मा क्यापसुल ३० पिस ।
१५,HORMOTEX 24 लेखिएको बट्टा थान १ (एक) ।

४ “ ग्रिन हर्वल एण्ड फिटनेश सप “
पक्राउ मानिस:-
गडमपुर उदयसिंह नगर उत्तराखण्ड भारत घर भई हाल काठमाण्डौं जिल्ला का.म.न.पा. सितापाईला डेरा गरीजिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १५ स्वयम्भु स्थित कारखाना चौकमा “ ग्रिन हर्वल एण्ड फिटनेश सप का संचालक बर्ष ३१ को मेजर सिंह ।

५. टेलिवन टिभी एण्ड अनलाईन सर्भिस
पक्राउ मानिस:-
जिल्ला लमजुङ रायनास न.पा. वडा नं. ४ घर भई हाल काठमाण्डौं जिल्ला गोलढुङगा बस्ने काठमाण्डौं सोह्रखुट्ठेमा टेलिवन टिभी एण्ड अनलाईन सर्भिसका संचालक बर्ष ५२ को बाबुराम ढकाल।

सि.न.४ र५ को बरामद दशिका सामानहरु:-
DETOXISLIM लेखिएका प्ल्राष्टिकका बट्टा, RAJVANSHI लेखिएका प्ल्राष्टिकका बट्टा,BODY GROWTH FORMULA STEP UP लेखिएका प्ल्राष्टिकका बट्टा, LATHERINE, KALENG( STRETCH MARK)लेखिएका प्ल्राष्टिकका बट्टा, MISS BELT, VIAMAX POWEER SEXY COFFEEलेखिएका प्ल्राष्टिकका बट्टा, VAGINEX FEMALE CREAM लेखिएका प्ल्राष्टिकका बट्टा, BDPलेखिएका प्ल्राष्टिकका बट्टा, GREAN TEA BREAST LIFTING FAST CREAMलेखिएका प्ल्राष्टिकका बट्टा, EASY SLIM TEAलेखिएका प्ल्राष्टिकका बट्टा, 4 IN 1 ANTI SPOT WHITERING CREAM SET लेखिएका प्ल्राष्टिकका बट्टा, VAGINA SHRINKING TIGHTENING GEL लेखिएका प्ल्राष्टिकका बट्टा, NATURAL MAX SLIMING CAPSUL लेखिएका प्ल्राष्टिकका बट्टा, DR-RASHEL STRETCH MARK CREAM लेखिएका प्ल्राष्टिकका बट्टा, DAGAN STRETCH MARK CREAM लेखिएका प्ल्राष्टिकका बट्टा, HIP UP CREAM NEW लेखिएका प्ल्राष्टिकका बट्टा, AICHUN BEAUTY HIP LIFT CREAM लेखिएका प्ल्राष्टिकका बट्टा, HANDSOM UP DAGOANG ASSORTED CO.LTD लेखिएका प्ल्राष्टिकका बट्टा. HARSUR]S BREART DEVELOPER SET लेखिएका प्ल्राष्टिकका बट्टा ।

६.कान्तिपुर टेलि शप,सुन्धारा सिभिल मल
पक्राउ मानिस:-
जिल्ला गोरखा शहिद लखन गा.पा.वडा नं.१ स्थायी घर भई हाल का.जि.का.म.न.पा.वडा नं.११ सिभिल मलमा कान्तिपुर टेलिसप पसल नं.१४ को संचालक रत्न घिमिरे-१ ।
बरामद भएका सामानहरु
KALONG, SEXY, BREAST, HIP UP, PAULP, BEAUTY Milk lotion, Papaya Breast , Breast, Green tea, Power ।

७. टेलि मार्केट नेपाल,मिनभवन
पक्राउ मानिस:-
जिल्ला पाँचथर साविक रानीगाउँ हाल कुम्यापक गा.पा.वडा नं.३ स्थायी घर भई हाल का.जि.का.म.न.पा.वडा नं.३१ मीनभवन बस्ने टेलि मार्केट नेपालको संचालक वसन्ता सम्वाहाम्फे
बरामद दशीका चीजवस्तुरु:-
LongJohn Cream , Parth Bestina Oil+Capsules,VigRx Plus ,MEN OF IRON,VAGINEX Female Cream, U.S.A. Power, HIP UP Cream, ENLARGENEXX, Miracle ZEN, Lady Mantra,

८. टेलि सेन्टर , तीनकुने
पक्राउ मानिस:-
जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.७ स्थायी घर भई हाल का.जि.का.म.न.पा.वडा नं.३२ तीनकुनेमा टेलि सेन्टरको संचालक
विपिन वोलाखे-१
बरामद दशीका चीजवस्तुरु:-
MANMAX Capsules, Developpe Sex Cream, Vaginex Female Cream, U.S.A. Power,MANMAX Capsules V, Enlargenexx capsules, Premature-x capsules, MEN OF IRON Natureplux, HoRmoTEX capsules, NERSEX, Enduurance cream, 24 HORMOTEX Power, Nepal’s Yarsnagumba capsules, HERBAL LEVITRA Capsules, Real Women Capsules, XYTE-XI Capsules, 30 Minutes Plus Stop Capsules, Papaya Breast Enlarging Cream, ।

९. सितारा हर्बल/काम शाक्ति
पक्राउ मानिस:-
जिल्ला ताप्लेजुङ साबिक दोकु २ घर भई हाल का.जि .का.म.न.पा. वडा नं. १६ बस्ने बर्ष ३५ को यमनाथ पौडेल ।
वरामद सामानहरु:-
१) सितारा हर्वल / काम शक्ति हर्वलको अफिसबाट बरामद गरिएका दशीको बिबरण :-
क) काम शक्ति हर्वल ट्रेडिङ कारोबारको नाम जानकी के.सी. करदाताको नाम उल्लेख भएको स्थायी लेखा नं. दर्ता प्रमाण पत्रको फोटोकपी र नबिकरण तालिकाको फोटो कपी पाना २ ।
ख) काम शक्ति हर्वल ट्रेडिङको जानकी के.सी को नामको काठमाण्डौ महानगरपालिकाले जारी गरेको ब्यबसाय दर्ता प्रमाणपत्रको फोटो कपी पाना १ ।
२) सितारा हर्वल/ कामशक्ति हर्वलको स्टोरबाट बरामद गरिएको सामानको बिबरण:-
क) Brexelant Breast लेखिएको बट्टा थान ४ ।
ख) Hormotex थान ३ ।
ग) Virgin Again थान १ ।
घ) Men of Iron थान १ ।
ङ) Xytexl Capsules ३० बट्टाको थान ३ ।
च) Enlargenexx लेखिएको बट्टा थान १ ।
छ) Diabecon लेखिएको प्लाष्टिक प्याकेट थान ३ ।
ज) डबल घोडा ५००० लेखिएको १२ बटाको १० पाकेट ।
झ) Megaslim Capsules लेखिएको बट्टा थान ५ ।
ञ) Yovan Anti cellulite cream लेखिएको बट्टा थान ३८ ।

१०. GIOBAL T.V. PRODUCT SHOP शंकरदेव
पक्राउ मानिस:-
जिल्ला काभ्रेपलाञ्चोक पाचँखाल न.पा. वडा नं. ६ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालीकावडान.पा.वडा नं. ३१ बस्ने बर्ष ४८ को पवन कुमार भारती-१
वरामद सामानहरु:-
१) RESTORE FEMINING WASH 75 ml को Daily Intimate was लेखिएको सेतो कलरको सिल नखोलेको बट्टा थान-७९
२) DIME DUROIL MASSAGE OIL 30 ml लेखिएको कालो खोल खोली हेर्दा भित्र घ्यू कलरको रबरको बट्टा थान- १
३) VAGINEX FEMALE CREAM 30g को घ्यू कलरको मलम थान-१
४) DEVELOPPE SEX e50 ml को सिल भएको मलम थान-१
५) PAPAYA BREAST ENLARGING CREM लेखिएको सुन्तला कलरको वटा भित्र खोली हेर्दा Lifting Shop र सेतो कलरको बट्टा सिल नखोलेको थान-१
६) BREAST FIRMING CREM Touch me ! लेखिएको खोल खोली हेर्दा भित्र सेतो कलरको प्लाष्ट्रिकको सिल नखोलेको बट्टा थान-१
७) SUPER DRAGON 6000 Delay Spray For Men 12 ml लेखिएको गोल्डेन कलरको वट्टा थान-५
११. नेचुरल टेली सप सेन्टर
पक्राउ मानिस:-
जिल्ला काभ्रेपलाञ्चोक सल्ले भुम्लु गा.बि.स. वडा नं. ७ स्थायी ठेगाना भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ९ क बस्ने बर्ष २१ को रबिन खडका ।
वरामद सामानहरु:-
१) HIP UP CREAM लेखेको 200ml उल्लेख भएको बट्टा थान-२ (दुई) ।
२) Long John लेखेको 75 gms उल्लेख भएको ट्युव बट्टा थान-१ (एक) ।
३) SUPER DRAGON लेखेको 12 ml उल्लेख भएको Spray सिलिण्डर थान-१ (एक) ।
४) Breast Smaller Cream लेखेको 100 g उल्लेख भएको KALONG लेखेको बट्टा थान-१ (एक)
५) 30 Minutes Plus STOPS लेखेको Ejaculation उल्लेख भएको रातो कालो रङ्गको Capsules थान २८ भएको बट्टा थान-१ (एक) ।
६) MAXMAN CAPSULES लेखेको बट्टा थान-१ (एक) ।
७) STRETCH MARKS CREAM (Dagan) लेखेको 200ml उल्लेख भएको Cream बट्टा थान-१
८) Natural Tele Shop Center लेखेको बिल प्याड थान-१ (एक) ।

१२. एशियन हर्बल होम फर्म
पक्राउ मानिस:-
जिल्ला रामेछाप साबिक भिरपानी गा.बि.स. वडा नं. ३ हाल खाँडादेवी ३ स्थायी ठेगाना बताउने बर्ष २० कि सुप्रभा के.सी. ।
वरामद सामानहरु:-
१) 30 Minutes Plus STOPS लेखेको क्याप्सुल सहितको पलाष्टिकको बट्टा थान-१ (एक) ।
२) Herbal X. Mantra लेखेको क्याप्सुल सहितको बट्टा थान-१ (एक)

मकवानपुरमा रहेकाे भिमफेदी मध्य क्षेत्रिय कारागार र इन्सेटमा चाइनिज भनिने रमेश लामा

काठमाडौं– काठमाडौं उपत्यकामा संगठित डकैती र लागूऔषध कारोबारमा कहलिएका रमेश लामा चाइनिज जुन कारागार पुग्छन, त्यहाँको शान्ति–सुब्यवस्था बिथोलिएको छ । रामेछाप कारागार र नख्खु कारागारमा हंगामा मच्चाएका चाइनिज पछिल्लो समय कारागार व्यवस्थापन विभागमा मोटो नजराना बुझाएर नख्खुबाट भिमफेदी कारागारमात्र पुगेन्न । नयाँ बनेको सुविधा सम्पन्न नयाँ बल्कको चौकिदार पद समेत पडकाए ।
तर भन्छन नी ‘नानीदेखिको बानी कहि नजानी’, मोटो रकम बुझाएर चौकिदार भएको बताउदै कैदी बन्दीमा धाक जमाउदै आएका चाइनिजले आन्तरिक प्रशासनमा रहने पसल, फोन सेवा र भेटघाट समेत आवश्यकता भन्दा महँगो बनाउदै लुट मच्चाएका थिए । भिमफेदी कारागारमा सरुवा भएर गएका नयाँ जेलर चिरञ्जीबी थापाले चाइनिजको करतुत पाउनु अघि केही कैदी बन्दीले चर्को शुल्क र ज्यादती बिरुद्ध बिहीबार आवाँज उठाएछन ।
तर, चौकिदार रमेश लामा चाइनिज र उनको नाइके समुहले सुधारको पक्षमा आवाज उठाउनेलाई छानीछानी भकुरेरछन । बिहीबार दिउसै दिनको १२ बजे भिमफेदी कारागारमा कैदी बन्दी र कारागारको आन्तरिक प्रशासन मानिने चौकिदार तथा नाइकेबिच झडप भयो । केही घण्टासम्म चलेको उक्त झडपमा बैकिंङ कसुरमा कारागारमा रहेका दिब्यकुमार श्रेष्ठ सहित ६ जना गंभिर घाइते भए ।
घटनापछि जेलर थापा सुरक्षाकर्मी सहित बल्कमा पसेर झगडा साम्य बनाए र घाइतेलाई मकवानपुरमा रहेका चुरेहिल अस्पतला लगियो । कैदीबन्दीले एकै श्वरमा चौकिदार चाइनिजको करतुतका बिषयमा जेलर थापालाई बताए । थापाले तत्काल विभाग र स्थानिय प्रशासनमा जानकारी गराए । तर मोटो करम बुझाएर चौकिदार बनेका चाइनिजलाई कारवाहीको साटो विभाग र मकवानपुर प्रशासन मौन रहँदा भिमफेदी कारागारको नयाँ बल्कमा पुनः ताण्डव मच्चिने आशंका ज्यूका त्यू रहेको छ ।
कारागार प्रशासनले तत्काल चौकिदार सहित नाईके समुहको अन्यत्र सरुवा गरेर आन्तरिक प्रशासन नयाँ समुहलाई दिएर सुधारको प्रयास नगरे झडप हुने एक कैदीले पर्दाफासलाई टेलिफोनमा बताए ।

काठमाडौं – ललितपुर प्रहरीले तीनवटा बयस्क मृग तस्करी गरिरहेको अवस्थामा फेला पारेको छ । महानगरीय प्रहरी वृत्त चाँपागाँउको टोलीले लललितपुरको कोन्ज्योसोम गाँउपालिकामा शिकार गरि काठमाडौं ल्याउदै गरेको अवस्थामा तीनवटा मरेका मृग बरामद गरेको हो ।
वृत्तका प्रमुख डिएसपी रविन्द्र रेग्मीका अनुसार भारदेउबाट लगनखेल तर्फ आईरहेको बा ४ ख ५३६४ नम्बरको बस चेकजाँचगर्नेक्रममा ती मृग फेला परेका हुन । टिकाभैरब चौंकीका प्रहरी सहायक निरीक्षकको टोलीले उक्त घटनामा सफलता पाएको हो ।
उनका अनुसार शिकार गरि मारेर टुक्रा–टुक्रा पारेको अवस्थामा तीनवटा बोरामा बरामद भएको हो । प्रहरीले बरामद मृग र गाडी चालकलाई जिल्ला बन कार्यालयमा बुझाउने तयारी गरेको छ ।
स्रोतका अनुसार काठमाडौं उपत्यकामा संचालित केही तारे होटल र रेष्टुरेन्टले बिशेष पाहुनाका लागि गोप्य रुपमा मृगको मासु पस्किरहेका छन । बरामद मृग समेत ती होटलका लागि नियमति तस्करी भै रहेपनि यसपटक प्रहरी फन्दामा परेको हो ।
ललितपुरका दक्षिणी क्षेत्रमा रहेको घना जंगलका बन्यजन्तु असुरक्षित रहेको आवाज उठेपनि संरक्षणमा उदासिनता देखाउदा तस्करी र अवैध शिकार बढेको हो ।

प्रहरीले भनेकाे घटनास्थल शाैचालय र चर्च रहेकाे बुढानिलकण्ठस्थित घर ।

काठमाडौं– प्रहरी प्रधान कार्यालयले पठाउने नियमित बुलेटिनको आइतबारको अंकमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ शिर्षकमा एउटा समाचार थियो । घटना अति सम्बेदनशील र एउटा धार्मिक सम्प्रदायको आस्थासँग प्रत्यक्ष जोडिएको बिषय थियो । पछि सोही समाचार प्रहरी प्रधान कार्यालयको आधिकारीक वेबपेजमा समेत राखियो ।
समाचार एकपछि अर्को गरि भाइरल हुन थालेपछि पर्दाफासले महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दसँग बुझ्दा घटना भएको पुष्टी भयो । र हामीले समाचार लेख्यौं । तर समाचारको गहिराईमा पुग्न हाम्रो टोली घटनास्थल पुग्दा केही आशंका उत्पन्न भए ।
पर्दाफासको टिमले स्थानीय प्रहरी र घटनास्थल वरपर रहेका ब्यक्तिहरुसँग सोध्दा उनीहरुले प्रहरीले भनिरहेको वारदात स्थल नै गलत भएको बताए । घटनास्थल भनिएको शौचालयमा चाबी लगाएको हुने र उक्त चाबी होटल संचालकसँग रहने गरेको छ । वारदातका दिन होटलमा भिड भएको बताउदै होटल संचालकले चाबी नै नदिई कसरी घटना भयो अनभिज्ञता ब्यक्त गरेकी छन । उनले चर्चसँग नजाेडिएकाे घटनामा समेत गलत प्रचार गरिएकाेमा अचम्म् मानिन।

(हेरौं भिडियो)

घटनास्थल भनिएको चर्च दोस्रो तलामा रहेको छ । शनिबार चर्चमा प्रार्थना गर्न आउनेको घुइँचो रहेको थियो । प्रहरीले पीडित भनिएकी युवती समेत आमाबाबुसँग चर्च आएकी थिइन । आरोपी सोही चर्चको भुइतलामा रहेको शेबारो होटलमा प्राय आउनेजाने गरिरहन्थे । घटनाका दिन पनि आएका उनले दुई गिलास रक्सी पिएर निस्किएका थिए ।
तर एक्कासी उनलाई युवती उपर हातपात र जर्वजस्ती करणी आरोपमा पक्राउ गरिएको छ । नेपालको प्रचलित कानुन अनुसार युवतीको बयानका आधारमा आरोपीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने जिम्मेबारी र अधिकार नेपाल प्रहरीलाई छ । तर बयानमा भनेको घटनास्थलका बिषयमा प्रहरी र स्थानियको बयान फरक–फरक हुनाले घटना शंकाको घेरामा परेको हो ।

यस्तो थियो आइतबारको प्रहरी बुलेटिन
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ :
काठमाडौं, १० मंसिर
बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चमा जाने क्रममा पासीकोट बस्ने गोरखाकी १६ वर्षीया युवतीलाई शनिबार सोही चर्चको ट्वाइलेटमा हातपात तथा जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–८ भंगाल बस्ने नुवाकोटको थोपरेक–२ का २२ वर्षीय परिक्षण बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।