Archive for the ‘corruption’ Category

काठमाडौं – कृषि विकास बैंक ठगी प्रकरणमा नेपाली सेनाका सहायक रथीको समेत संलग्नताको आशंका प्रहरीले गरेको छ । बैंकका कर्मचारीको मिलेमतोमा कृषि विकास बैंक लिमिटेड काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट ठगी गरिएको रकम नेपाली सेनाका सहायक रथीको खातामा भेटिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटना अनुसन्धानको क्रममा ठगी गरिएकोमध्ये करीब ७० लाख रुपैयाँ सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सहायक रथी डा. रमेश बिष्टको बैंक खातामा जम्मा भएको देखिएको हो ।
अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’को रकम ‘पेण्डिङ’ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानि नोक्सानी पु¥याएको आरोपमा ब्युरोले बैंक कर्मचारी सहित तीनजनालाई हिरासतमा लिएपछि सहायक रथीको समेत संल्गनता देखिएको हो।
बैंकको मौज्दात रकम करिब रू. ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न कृषि विकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीको आधारमा ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट रेग्मीसहित ३ जनालाई पक्राउ गरेपछि उक्त रहस्यको पर्दाफास भएको हो ।
रेग्मीसहित पक्राउ परेका कृषि विकास बैंक न्यूरोड शाखामै कार्यरत उनका सहयोगी (अर्दली) रमेशकुमार थापा र दुर्गा ज्वेलर्स बालाजुका सञ्चालक प्रकाश घतानीलाइ बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उच्च अदालत पाटनबाट पाँच दिनको म्याद लिई अनुसन्धान शुरु गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
सीआईबी स्रोतका अनुसार पक्राउ परेकी रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स (ईसीसी) मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिइसकेपछि उक्त भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः ईसीसीमार्फत कृषि विकास बैंकमा रहेको सहायक रथी बिष्टलगायत आफू निकटस्थहरुको खातामा जम्मा गर्ने गरेको र सो रकम सुनचाँदीलगायतका अन्य सामग्री किन्न प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको छ । अभियुक्त रेग्मीले सहायक रथी डा. बिष्टलाई मामा भनेर सम्बोधन गर्ने गरेको र बिष्टले पनि उनलाई भाञ्जी भन्ने गरेको र उनीहरुबीच बाक्लो उठबस र सम्पर्क रहेको अनुसन्धानमा खुल्न आएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
बैंकिङ ठगीमा संलग्नता देखिएपछि सीआईबीको टोलीले बिष्टलाई गत हप्ता नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछको क्रममा उनी नेपाली सेनाको सहायक रथी रहेको खुल्न आएपछि सीआईबीले कागज गराएर उनलाई नियन्त्रणमुक्त गरेको थियो । फौजदारी कसुर कर्तव्यज्यान र जबरजस्ती करणीबाहेकका कसुरमा संलग्नताको आरोप लागेका नेपाली सेनाका कर्मचारीलाई सैनिक ऐन २०६३ अनुसार नेपाली सेनाले आफैँ कोर्टमार्शल गर्ने गर्दछ । सोही कारण सीआईबीले अनुसन्धानपश्चात् नेपाली सेनाको सैनिक प्रहरीलाई पत्र लेख्ने गरी नियन्त्रणमुक्त गरेको खुल्न आएको छ ।
बैंकिङ कसुरजस्तो अपराधमा सेनाका उच्च अधिकारीको संलग्नता देखिएपछि सीआइबीले उक्त घटना सम्बन्धमा गम्भीरताका साथ अनुसन्धान सुरु गरेको छ । ‘पक्राउ परेका अभियुक्तहरूको विवरण सार्वजनिक गरिसकेका छौं, अन्यको संलग्नताको विषयमा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’ सीआईबीका निर्देशक डीआईजी पुष्कर कार्कीले भने । उनले घटनाको बिस्तृत अनुसन्धान हुने बताउदैं आरोप पुष्टि भएमा पद, ओहदा र संस्थाको आधारमा बचाउ नहुने स्पष्ट पारे।
बैंककी सहायक टेलर रेग्मीको मुख्य योजनामा बैंकलाई हानिनोक्सानी भएको रू. ४ करोड ९१ लाख रुपैयाँमध्ये केही रकम प्रकाश घतानीको कृषि विकास बैंकको खातामा समेत जम्मा हुने गरेको र सोबापत प्रकाश घतानीले रेग्मीलाई सुनका गरगहना दिने गरेको अनुसन्धानमा खुल्न आएको छ। यस्तै कार्यालय सहयोगी (अर्दली) पदमा कार्यरत रमेशकुमार थापाले रेग्मीको सहयोगीको रुपमा काम गरेको खुल्न आएको सीआईबीले जनाएको छ ।

 

Advertisements

काठमाडौं–प्रहरीले कृषि बिकास बैंक लिमिटेडको मुख्य कार्यालयबाटै पाँच करोड रुपैयाँ घोटाला गरेको आरोपमा एकजना कर्मचारी सहित तीनजनालाई पक्रेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी) ले काठमाण्डौको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब मिलानगर्दा रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी दिपिका रेग्मी सहित तीनजनालाई पक्रेको हो।
ब्युरोका अनुसार अन्तर शाखा कारोबारमा हिसाब मिलान भएको रकम मौज्दात रहेको देखाएर बैंकबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरिएको हो । अनुसन्धानमा रकम घोटालागर्न बैंकका न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मिको मुख्य संलग्नता देखिएको छ ।
ब्युरोलाई नेपाल राष्ट्र बैंकले थप अनुसन्धानको जिम्मेबारी दिएपछि आर्थिक अपराध हेर्ने पिलर २ ले अनुसन्धान थालेको हो । ब्युरोका अनुसार पक्राउपर्नेमा रेग्मी सहित तेह्थुमका प्रकाश घतानी र दोलखाका रमेशकुमार थापा रहेका छन।
ब्युरोले पक्राउ तीनै जना बिरुद्ध उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

तस्विर साैजन्य :पहिलाे पाेस्ट डट कम

काठमाडाैं– अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले मंगलबार साँझ घुससहित रंगेहात पक्राउ गरेका प्रहरी निरीक्षक हरिहर सुनार(थर फेरेर सुनवार बनाएकाे ) लाइ  विहानमात्रै काठमाडाैं प्रहरी प्रमुखले सचेत गराएका थिए ।

प्रहरी सेवा प्रवेश गरेकाे चार वर्षपनि नपुग्दै घुसकाे लत लागेका  निरीक्षक अाखिर हाकिमले सचेत गराएकाे केही घण्टा नबित्दै असुलीमा ब्यस्त भएका  थिए । नेपाल प्रहरीमा २०६९  साउन १ मा सहायक प्रहरी  निरीक्षकका रूपमा सेवा प्रवेश गरेका सुनार २०७० चैत्रमा अान्तरिक प्रतिस्पर्धाबाट प्रहरी  निरीक्षक बनेका हुन।

मंगलबार  विहान काठमाडाैं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले मातहतका अधिकारीलाइ अख्तियार सक्रिय भएकाेले सचेत रहन निर्देशन दिएका थिए । उनले अख्तियारकाे टाेल फ्रि हट नम्बर १०७ काे जानकारी सबैतर्फ राखिएकाले दाँयाबाँया नगर्न निर्देशन दिएका थिए । तर सर्वाेच्च अदालत सुरक्षा दस्तामा दरबन्दी रहेपनि माअाेवादी केन्द्रका नेताहरूकाे सिफारिसमा पैसा कमाउनै बसपार्क गएका सुनवारले हाकिमकाे निर्देशन मान्नुकाे साटाे झनै रकम बढाएर हाेटल संचालकलाइ हैरान बनाउन थालेका थिए । निरीक्षक सुनार साढे दुइ महिना अघिमात्र बसपार्क काजमा खटिएका थिए ।

अायाेगले हाेटल संचालकसँग घुस लिएकाे ५० हजार सहित सुनवारलाइ रंगेहात पक्राउ गरेकाे हाे।

अायाेगका अनुसार  निरीक्षक सुनवारले नयाँ बसपार्कमा उच्छृखल गतिवीधी गर्ने हाेटलहरूबाट महिनावारी ताेकेर रकम उठाउदै अाएका थिए । बसपार्क क्षेत्रमा हुने बेश्यावृती, याैनजन्य कृयाकलाप र जुवातासलाइ छुट दिएर  संचालित हाेटलहरूबाट एकलाखदेखि पचाँस हजार मासिक र चाडपर्वका नाममा  निरीक्षक सुनवारले महिनावारी उठाउदै अाएका थिए ।

अायाेगका एकजना अधिकारीका अनुसार मंगलबार पनि उनले एक हाेटल संचालकसँग महिनावारी वापतकाे ५० हजार माग गरेका  थिए । संचालकले २० हजारभन्दा बढि  दिन नसक्ने बताएपछि भनाभन भएकाे थियाे । हाेटल संचालकलाइ रकम  दिन दवाब दिएपछि उनी अायाेगकाे सम्पर्कमा पुगेका थिए ।

पक्राउ परेका सुनवारले उठाएकाे रकम माथिल्लाे तहमा समेत बाँडने गरेकाे पक्राउ गर्न गएका प्रहरी टाेलीलाइ भनेका थिए । स्राेतका अनुसार अायाेगले प्रहरी  निरीक्षक सुनवारकाे अनुसन्धान बिस्तृत रूपमा गर्दै माथिल्लाे तहसम्मलाइ कारवाहीकाे दायरा ल्याउने छ ।