Archive for the ‘corruption’ Category

काठमाडौं– प्रहरीले काठमाडौंकै प्रतिष्ठितमध्ये एक मानिएको शालिमार ज्वैलर्सका संचालकलाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा बरामद साढे ३३ किलो सुन तस्करीको घटनामा प्रतिवादी बनाईएका शालिमार ज्वैलर्सका संचालक राहुल गोयललाई पक्रेको हो । ब्युरोले दुबईबाट तस्करी गरि भित्राएको साढे ३३ किलो सुन विमानस्थल बाहिरबाट बरामद गरेको थियो
ब्युरोले अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरु पक्राउ गरी ३३ जना प्रतिवादीहरु बिरुद्द संगठित अपराध अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौ मार्फत मिति चैत्रमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा बुझाएको थियो ।
संगठित अपराध मुद्दामा संलग्न भई फरार रहेका भारत राजस्थान गंगानगर स्थायी ठेगाना भएका राहुललाई पुस २६ मा ब्युरोले पक्राउ गरेको हो ।

Advertisements

काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा पुस ४ मा भएको आगलागी प्रमाण नष्टगर्ने उद्देश्यबाट योजना बनाएर गरिएको निश्कर्ष सहित अनुसन्धानको जिम्मेबारी केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ ।
सशस्त्रको स्टोर रुममा पुस ४ गते एकाबिहानै आगलागी भएको थियो । घटनामा २०६१ पछिका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले एकजना सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिती पुस ५ मा गठन गरेको थियो ।
मन्त्रालयका अनुसार छानबिन समितीले पुस २३ मा बुझाएको प्रतिवेदनमा सुनियोजित तरिकाले श्रेष्ता तथा कागजपत्र जलाउने उद्देश्यले आगलागी भएको निश्कर्ष निकालेको हो ।
छानबिन समितीले सशस्त्र प्रहरीको आर्थिक प्रशासन निर्देशनालय र सो मातहत रहेका शाखा कर्मचारीलाई तत्काल हटाएर अनुसन्धानको जिम्मेबारी सिआईबीलाई दिन भनेको हो ।
घटनाको प्रारम्भीक अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले यसअघि नै सशस्त्रका नायब निरीक्षक र हवल्दारलाई पक्राउ गरेर कारवाही गरिरहेको छ ।
नेपालको सुरक्षा इतिहासमा पहिलो पटक एउटा सुरक्षा संगठनले भ्रष्टाचार ढाकछोपगर्न आफ्नै मुख्यालयमा आगलागी गराएको हो ।

हेर्नुहोस गृह मन्त्रालयको प्रतिवेदन सक्षिप्त विवरण

Home Ministry Report

मकवानपुरमा रहेकाे भिमफेदी मध्य क्षेत्रिय कारागार र इन्सेटमा चाइनिज भनिने रमेश लामा

काठमाडौं– कारागारमा आफु बिरुद्ध बोल्ने ६ जनालाई गंभिर घाईते हुनेगरि कुटपिटमा संलग्न रहेका एकजना कैदी कारागार ब्यवस्था विभागका केही भ्रष्ट कर्मचारीको आडमा जेल प्रशासनलाई उल्टो थर्काउन थालेको खबर प्राप्त भएको छ ।
विभागले कानुन मिचेर मध्य क्षेत्रिय कारागार भिमफेदीको नयाँ बल्कका चौकिदार बनाएका चाइनिज भनिने रमेश लामाको समुहले पुस १३ गते ६ जनालाई गंभिर घाइते हुनेगरि कुटपिट गरेको थियो । घाइतेमध्ये एक दिब्यकुमार श्रेष्ठ अझै हेटौडामा रहेको चुरेहिल अस्पतालमा उपचाररत रहेका छन ।
कारागारको आन्तरिक प्रशासन अन्र्तगत रहेका टेलिफोन सेवा, किराना पसल र भेटघाट सुविधा नियमभन्दा दोब्बर दररेट गरेको र कैदीबन्दीलाई लगातार दुब्र्यवहार भएपछि केही कैदी बन्दीले हिम्मत गरेर आवाज उठाएका थिए । तर आफु बिरुद्ध बोलेको भन्दै चौकिदार लामा र उनको समुहले निर्घात कुटपिट गरेको हो ।
कारागारमा सरुवा भएर केही समयअघि मात्र कार्यभार सम्हालेका चिरञ्जिबी थापाले कुटपिटमा संलग्न समुहका कारण आन्तरिक सुरक्षा खतरामा रहेको जानकारी विभागमा गराएपनि उनी बिरुद्ध कारवाहीको साटो उल्टो थापालाई नै सरुवागर्ने प्रपञ्चमा विभाग लागेको छ ।
जेल प्रशासनको नियम अनुसार झडपगर्ने समुहलाई तत्काल जेल सरुवा गरेर सुरक्षा ब्यवस्था मिलाउने गरिन्छ । तर किर्ते कागजपत्र बनाएर कैदी भगाएको आरोप लागेर तारेखमा रहेका रमेश लामाले पैसाको आडमा विभागबाट सहुलियत पाउदै आएका छन ।
भिमफेदी कारागारमा आफ्नो एकक्षत्र राज चल्ने भन्दै लामा समुह दमनमा उत्रिएपछि कैदीबन्दीले विभाग, गृह मन्त्रालय र अख्तियारमा हारगुहार गरेपछि विभागले निर्देशक कृष्णप्रसाद आर्चायको नेतृत्वमा छानबिन समिती बनाएको छ । विभाग स्रोतका अनुसार आर्चायको छानबिन समितीले रमेश लामा भन्दापनि त्यहाँका जेलर थापालाई हटाएर अर्का विवादास्पद जेलर मात्रिका दाहाललाई पठाउने प्रपञ्च अनुसारको प्रतिवेदन बनाउने तयारी गरेका छन ।
यता, कारागारका कैदीबन्दीले बुधबार मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग र नेपाल पत्रकार महासँघलाई पत्र लेखेर आफुहरु बिरुद्ध दमन भै रहेको जानकारी गराउने तयारी थालेका छन ।
‘जेलर थापाले न्यायका पक्षमा बोलेका छन, दमनगर्ने समुहले पैसाको सेटिङ मिलिसक्यो, विभाग हाम्रो हो भन्दै थर्काउदै छन, हामी न्यायका लागि हारगुहार गरिरहेका छौं,’ एकजना कैदीले टेलफोनमा पर्दाफासलाई भने ।

सेनाले बेच्ने तयारी गरेका हवार्इ साधन र लिलाम हुन लागेकाे एनए –०२७ कलसाइन भएकाे हेलिकाेप्टर

काठमाडौं– नेपाली सेनाले काम नलाग्ने अवस्थामा रहेका हेलिकोप्टर र तीनका पाटपुर्जा विक्री प्रक्रिया अघि बढाएको छ । सेनाको हवाई निर्देशनालयले करिब ६६ करोड न्यूनतम मूल्य निर्धारणगर्दै बोलकबोलमा लिलाम बढाबढको तयारी थालेको हो ।
सेनाले आफुसँग रहेका सुपर पुमा, चिताह र एमआई १७ हेलिकोप्टर र त्यसका पाटपुर्जा लिलामको तयारी थालेको हो ।
सेनाले विभिन्न समयमा खरिद गरेका ती हेलिकोप्टरमध्ये भारत सरकारसँग सैनिक सहयोग अन्र्तगत सहुलियतमा लिएका र आफै टेण्डर आह्वान गरेर लिएका हवाई साधनको लिलामी गर्न लागेको हो ।
सेनाका अनुसार कल साइन एनए –०२९, एनए –०३०, एनए –०३१, एनए –०३९, एनए –०४३ र एनए –०४४ भएका हवाई साधन लिलाम विक्रीको प्रक्रिया थालेको हो ।
सेनाको हवाई निर्देशनालयले दुई थान सुपर पुमा र त्यसका पाटपुर्जालाई ३१ करोड ६६ लाख न्युनतम बोलकबोल मुल्य तय गरेको छ । यस्तै दुई थान एमआई १७ ( कल साइन एनए –०४३ र एनए –०४४) लाई जम्मा १० लाख रुपैयाँ प्रति इकाई न्युनतम मूल्य राखेर लिलाम विक्रीको सूचना प्रकाशित भएको हो ।
सरकारले सेनालाई एउटा हेलिकोप्टर र दुई थान जहाज खरिदका लागि बजेट निकासा गरेसँगै सेनाले आफुसँग भएका हवाई साधन लिलाम विक्रीको प्रक्रिया अघि बढाएको हो ।
रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार सेनाले तय गरेको न्यूनतम लिलाम मूल्य बैज्ञानिक नभएको र मिलमतोमा कवाडी माफियालाई सुम्पने तयारी भै रहेको छ ।

काठमाडाैं– महानगरीय प्रहरी परिसर काठमाडाैंले सरकारी छाप किर्ते दस्तखत मुद्दाकाे प्रारम्भीक अनुसन्धानमा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक डिअाइजी नवराज सिलवालकाे संलग्नताका अाधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रक्रिया थालेकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडाैंले एमालेका नव निर्वाचित प्रतिनिधी सभा सदस्य सिलवालकाे स्थायी ठेगाना ललितपुर भएकाले महानगरीय प्रहरी परिसर ललितपुरलार्इ पत्र लेख्दै पक्राउ गरेर उपस्थित गराउन भनेकाे हाे ।
महानगरीय प्रहरी कार्यालयले सिलवाललार्इ हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन प्रक्रिया थालेकाे पुष्टि गरेकाे छ ।
सिलवाल सहितकाे समुहले सर्वाेच्च अदालतमा पेश गरेकाे कार्य संम्पादन मूल्याँकनमा किर्ते गरेकाे अाराेपमा थप अनुसन्धान अघि बढने छ । सरकारवादी मुद्दा भएकाले फाैजदारी अभियाेगसँगै सिलवालकाे सपथ प्रक्रिया र पद समेत हाललार्इ स्थगित रहनेछ ।

सिलवालले भने अाफुलार्इ नियाेजित रूपमा फसाउने षणयन्त्र भै रहेकाे बताउदै अाएका छन । प्रहरीकाे बरियतामा एक नम्बरमा रहेका सिलवालले दाेस्राे पटक सर्वाेच्चमा पेश गरेकाे कासमाेमा छेडछाड भएकाे अदालतकाे बृहत इजलासकाे ठहर छ । सर्वाेच्च अदालतले सरकारका नाममा दिएकाे अादेशका अाधारमा प्रहरीले किर्ते प्रकरणकाे अनुसन्धान गरिरहेकाे हाे ।

यसरी ल्याएका थिए ३२ लाख

काटमाडौं– उनको अनुहार र हात खुट्टाभन्दा शारिरीक बनोट अलि फरक थियो । उनी बारम्बार आफुले लगाएको ज्याकेट मिलाउथे । उनको हुलिया नै शंकास्पद थियो ।
रौतहटबाट काठमाडौं आएका ती युवा महानगरीय प्रहरी वृत्त नागढुङाका प्रहरीको चेकजाँचमा हडबडाए । प्रहरीले शंका लागेर उनको सरसामान चेकजाँच गर्दा केही भेटिएन । प्रहरीले उनको शरिर जाँच गर्दा उनले शरिरमा लुकाएका हजार र पाँचसय दरका नोटको बण्डल भेटियो ।
‘हामीले शरिरमा लुकाएर ल्याएको ३२ लाख रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाएका छौं,’ प्रभाग प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले पर्दाफाससँग भने । उनका अनुसार पक्राउ परेका भारतको बिहार सितामणी जिल्लाका सोनुकुमार चौधरीले आफु हार्डवेयरको कर्मचारी रहेको बताएका छन ।
प्रनी भट्टले यसरी शरिरमा बिशेष प्रकारको लुगामा लुकाएर पैसा ल्याउनु र सो रकमको प्रयोजनका बिषयमा थप अनुसन्धान भै रहेको बताए ।

जिल्ला कृषि विकास कार्यालय बाराकाे पत्र

काठमाडौं – संविधानले सूचनाको हक सम्बन्धी अधिकार सुरक्षित गरेपनि अभियन्तालाई हतास बनाउन सरकारी कार्यालय र कर्मचारी कतिसम्म गर्न सक्छन? त्यसको पछिल्लो उदाहरण बाराको एक सरकारी कार्यालयमा भेटिएको छ ।
जिल्ला कृषि कार्यालयमा भएको कामकारवाहीमा अनियमितता भएको आशंकामा सूचनाको हक सम्बन्धी अधिकार प्रयोगगर्दै अभियन्ता सर्फुल्लाह अन्सारीले मागेको सूचना दिनुभन्दा कार्यालयले उल्टो ३० हजार माग गरेको छ ।
पर्दाफासलाई प्राप्त पत्र अनुसार पछिल्लो तीन महिनादेखि सूचनाका लागि कार्यालयको सम्पर्कमा रहेका अन्सारीलाई मंगलबार वरिष्ठ कृषि विकास अधिकारी शिवरत्न साहले ३० हजार राजस्व बुझाउने पत्र थमाएका हुन । पत्रमा उनले सूचना ६ हजारप्रति रहेको र प्रति पेज पाँच रुपैयाका दरले हुने ३० हजार रुपैयाँ कार्यालयको राजस्व खातामा बुझाउन भनेका छन ।
राष्ट्रिय सूचना आयोग, कृषि मन्त्रालय, कृषि विभाग र क्षेत्रिय निर्देशनालय समेत बोर्धाथ गरिएको उक्त पत्रमा सूचना लुकाउन रचिएको प्रपञ्च प्रष्ट हुन्छ ।
अभियन्ता अन्सारी बारा निवासी हुन । उनले बारा कृषि कार्यालयले यहाँका कृषकका लागि ल्याएका परियोजना र कार्यक्रमको जानकारी मागेका थिए । तर लगातार आलटाल गरेपछि उनले सूचनाको हक सम्बन्धी अधिकारको प्रयोगगर्दै निवेदन दिएपनि कार्यालयले सूचना दिन ३० हजार माग गरेको हो । सूचनाको हक सम्बन्धी अधिकार अनुसारको एउटा बुँदा टेकेर कार्यालयले अन्सारीलाई होइन संविधानलाई नै गिज्जयाएको घटनाले प्रष्ट पारेको छ ।