Archive for the ‘Army’ Category

Photo From RAW Official Web Site

काठमाडाैं– भारतीय गुप्तचर संस्था अनुसन्धान औंर बिश्लेषण विङ (रिसर्च एण्ड एनालाइसिस विङ ‘र’) को नाममा तीनय बढि युवा ठगिएका छन । ठगीमा संलग्न आरोपीले नेपालस्थित भारतीय दुतावासको लेटर प्याड र ‘र’ कै लोगो समेत प्रयोगगरि नक्कली नियुक्ती पत्र समेत तयार पारेर युवाहरुलाई रोजगारीका नाममा ठगेका हुन ।
महानगरीय अपराध महाशाखाले सप्तरीका रमाकान्त नोनियालाई आइतबार कलंकीबाट पक्रेको हो। रमाकान्तले केही महिनादेखि २ सय २० जनाभन्दा बढी मानिसलाई ‘र’ मा जागिर लगाइदिने भन्दै रकम लिने गरेका थिए।
खाडी देशबाट केही समय अघि फर्किएका रमाकान्तले युवालाई नियुक्ती पत्र दिनुका साथै सूचना संकलनका लागि आधार क्षेत्र समेत बाँडेका थिए । उनले मासिक ५० हजार भारतीय रुपैयाँ तलब तथा सुविधा र परिचय सधै गोप्य राख्न भन्दै विभिन्न नम्बर उपलब्ध गराएका थिए ।

तर नियुक्ति पत्र पाएको लामो समयसम्म पनि जागिरको टुङगो नलागेपछि नक्कली नियुक्ती पत्र बोकेर युवाहरुको एउटा समुह प्रहरीसम्म पुगेको थियो । तर यसअघि भारतीय दुतावासले घटनाक्रमको सूचना प्रहरी प्रधान कार्यालयलाई दिएर आवश्यक अनुसन्धानका लागि आग्रह गरेको थियो ।
भारतको अन्तर्राष्ट्रिय गुप्तचर संस्था ‘र’ को जागिरको प्रलोभनमा पर्ने युवाले रमाकान्तले आफुलाई भारतीय दुतावासको खास मान्छे भन्दै परिचय दिने गरेका थिए ।

Advertisements

काठमाडौं– अफ्रिकी देश जाम्बिया सेनाका कमाण्डर पाउल मिहोभा एक साता लामो नेपाल भ्रमणका लागि बुधबार राती काठमाडौं ओर्लदैछन ।
आन्तरिक द्धन्द र रोगसँग जुझिरहेको अफ्रिकी देश जाम्बियाका सेना प्रमुख मिहोभालाई सैन्य गुप्तचर प्रमुख उपरथी जगदिशचन्द्र पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहीबार जाम्बियन सेना प्रमुख मिहोभाले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई जंगी अड्डामा भेटने छन । सेनाको अधिकांश शान्ति सैनिक मिशनहरु अफ्रिकी महादेशमा नै रहेकोले अफ्रिकी महादेशकै राष्ट्र जाम्बियाको सेना प्रमुखको नेपाल भ्रमणमा अफ्रिकी राष्ट्रहरुमा शान्ति स्थापना कार्यमा सहकार्य गर्ने बिषयमा छलफल हुनेछ ।

भ्रमणको दौरान मिहोभाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भिमसेनदास प्रधानलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै मिहोभाले नेपाली सेनाको विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण भ्रमण गर्नुको साथै पोखरा लगायत नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको
निर्देशनालयले जनाएको छ ।
सेनाले मिहोभाको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र जाम्बिया सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने जनाएको छ ।

सेनाले बेच्ने तयारी गरेका हवार्इ साधन र लिलाम हुन लागेकाे एनए –०२७ कलसाइन भएकाे हेलिकाेप्टर

काठमाडौं– नेपाली सेनाले काम नलाग्ने अवस्थामा रहेका हेलिकोप्टर र तीनका पाटपुर्जा विक्री प्रक्रिया अघि बढाएको छ । सेनाको हवाई निर्देशनालयले करिब ६६ करोड न्यूनतम मूल्य निर्धारणगर्दै बोलकबोलमा लिलाम बढाबढको तयारी थालेको हो ।
सेनाले आफुसँग रहेका सुपर पुमा, चिताह र एमआई १७ हेलिकोप्टर र त्यसका पाटपुर्जा लिलामको तयारी थालेको हो ।
सेनाले विभिन्न समयमा खरिद गरेका ती हेलिकोप्टरमध्ये भारत सरकारसँग सैनिक सहयोग अन्र्तगत सहुलियतमा लिएका र आफै टेण्डर आह्वान गरेर लिएका हवाई साधनको लिलामी गर्न लागेको हो ।
सेनाका अनुसार कल साइन एनए –०२९, एनए –०३०, एनए –०३१, एनए –०३९, एनए –०४३ र एनए –०४४ भएका हवाई साधन लिलाम विक्रीको प्रक्रिया थालेको हो ।
सेनाको हवाई निर्देशनालयले दुई थान सुपर पुमा र त्यसका पाटपुर्जालाई ३१ करोड ६६ लाख न्युनतम बोलकबोल मुल्य तय गरेको छ । यस्तै दुई थान एमआई १७ ( कल साइन एनए –०४३ र एनए –०४४) लाई जम्मा १० लाख रुपैयाँ प्रति इकाई न्युनतम मूल्य राखेर लिलाम विक्रीको सूचना प्रकाशित भएको हो ।
सरकारले सेनालाई एउटा हेलिकोप्टर र दुई थान जहाज खरिदका लागि बजेट निकासा गरेसँगै सेनाले आफुसँग भएका हवाई साधन लिलाम विक्रीको प्रक्रिया अघि बढाएको हो ।
रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार सेनाले तय गरेको न्यूनतम लिलाम मूल्य बैज्ञानिक नभएको र मिलमतोमा कवाडी माफियालाई सुम्पने तयारी भै रहेको छ ।

बढुवा भएका सहायक रथीहरू झंकरबहादुर कडायत र डाक्टर शशी रार्इलार्इ दर्जाकाे चिन्ह लगार्इदिदै प्रधानसेनापति राजेन्द्र क्षत्री

काठमाडौं– सैनिक कमाण्ड र अन्तर्राष्ट्रिय सैनिक सम्बन्धमा बिशेष दखल राख्ने नेपाली सेनाका सहायक रथी झंकरबहादुर कडायत उपरथीमा बढुवा भएका छन ।
नेपाल सरकारको मन्त्रिपरिषदको पुष १३ को निर्णय अनुसार बढुवा भएका सहायक रथी कडायत र प्राविधिक सहायक रथी डाक्टर शशी राईलाई मंगलबार प्रधानसेनापति राजेन्द्र क्षतीले दज्र्यानी चिन्ह लगाईदिएका हुन ।
भारतस्थित नेपाली दुतावास, सैनिक मुख्यालय र सैनिक प्रवक्ताका रुपमा काम गरिसकेका कडायत पछिल्लो समय सुदुरपश्चिम पुतनामा कार्यरत रहेका थिए ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बढुवा भएका सहायक रथी कडायतलाई सुदुरपश्चिम पृतनापति र राईलाई सैनिक स्वास्थ्य महानिर्देशकमा पदस्थापन गरिएको छ ।

काठमाडौं – कृषि विकास बैंक ठगी प्रकरणमा नेपाली सेनाका सहायक रथीको समेत संलग्नताको आशंका प्रहरीले गरेको छ । बैंकका कर्मचारीको मिलेमतोमा कृषि विकास बैंक लिमिटेड काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट ठगी गरिएको रकम नेपाली सेनाका सहायक रथीको खातामा भेटिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटना अनुसन्धानको क्रममा ठगी गरिएकोमध्ये करीब ७० लाख रुपैयाँ सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सहायक रथी डा. रमेश बिष्टको बैंक खातामा जम्मा भएको देखिएको हो ।
अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’को रकम ‘पेण्डिङ’ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानि नोक्सानी पु¥याएको आरोपमा ब्युरोले बैंक कर्मचारी सहित तीनजनालाई हिरासतमा लिएपछि सहायक रथीको समेत संल्गनता देखिएको हो।
बैंकको मौज्दात रकम करिब रू. ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न कृषि विकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीको आधारमा ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट रेग्मीसहित ३ जनालाई पक्राउ गरेपछि उक्त रहस्यको पर्दाफास भएको हो ।
रेग्मीसहित पक्राउ परेका कृषि विकास बैंक न्यूरोड शाखामै कार्यरत उनका सहयोगी (अर्दली) रमेशकुमार थापा र दुर्गा ज्वेलर्स बालाजुका सञ्चालक प्रकाश घतानीलाइ बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उच्च अदालत पाटनबाट पाँच दिनको म्याद लिई अनुसन्धान शुरु गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
सीआईबी स्रोतका अनुसार पक्राउ परेकी रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स (ईसीसी) मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिइसकेपछि उक्त भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः ईसीसीमार्फत कृषि विकास बैंकमा रहेको सहायक रथी बिष्टलगायत आफू निकटस्थहरुको खातामा जम्मा गर्ने गरेको र सो रकम सुनचाँदीलगायतका अन्य सामग्री किन्न प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको छ । अभियुक्त रेग्मीले सहायक रथी डा. बिष्टलाई मामा भनेर सम्बोधन गर्ने गरेको र बिष्टले पनि उनलाई भाञ्जी भन्ने गरेको र उनीहरुबीच बाक्लो उठबस र सम्पर्क रहेको अनुसन्धानमा खुल्न आएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
बैंकिङ ठगीमा संलग्नता देखिएपछि सीआईबीको टोलीले बिष्टलाई गत हप्ता नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछको क्रममा उनी नेपाली सेनाको सहायक रथी रहेको खुल्न आएपछि सीआईबीले कागज गराएर उनलाई नियन्त्रणमुक्त गरेको थियो । फौजदारी कसुर कर्तव्यज्यान र जबरजस्ती करणीबाहेकका कसुरमा संलग्नताको आरोप लागेका नेपाली सेनाका कर्मचारीलाई सैनिक ऐन २०६३ अनुसार नेपाली सेनाले आफैँ कोर्टमार्शल गर्ने गर्दछ । सोही कारण सीआईबीले अनुसन्धानपश्चात् नेपाली सेनाको सैनिक प्रहरीलाई पत्र लेख्ने गरी नियन्त्रणमुक्त गरेको खुल्न आएको छ ।
बैंकिङ कसुरजस्तो अपराधमा सेनाका उच्च अधिकारीको संलग्नता देखिएपछि सीआइबीले उक्त घटना सम्बन्धमा गम्भीरताका साथ अनुसन्धान सुरु गरेको छ । ‘पक्राउ परेका अभियुक्तहरूको विवरण सार्वजनिक गरिसकेका छौं, अन्यको संलग्नताको विषयमा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’ सीआईबीका निर्देशक डीआईजी पुष्कर कार्कीले भने । उनले घटनाको बिस्तृत अनुसन्धान हुने बताउदैं आरोप पुष्टि भएमा पद, ओहदा र संस्थाको आधारमा बचाउ नहुने स्पष्ट पारे।
बैंककी सहायक टेलर रेग्मीको मुख्य योजनामा बैंकलाई हानिनोक्सानी भएको रू. ४ करोड ९१ लाख रुपैयाँमध्ये केही रकम प्रकाश घतानीको कृषि विकास बैंकको खातामा समेत जम्मा हुने गरेको र सोबापत प्रकाश घतानीले रेग्मीलाई सुनका गरगहना दिने गरेको अनुसन्धानमा खुल्न आएको छ। यस्तै कार्यालय सहयोगी (अर्दली) पदमा कार्यरत रमेशकुमार थापाले रेग्मीको सहयोगीको रुपमा काम गरेको खुल्न आएको सीआईबीले जनाएको छ ।

 

बाराकाे निजगणमा प्रधानसेनापति राजेन्द्र क्षत्री
साैजन्य: नेपाली सेना

काठमाडौं– नेपाली सेनाका सेनापति प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन कार्यक्रम अन्तर्गत दोस्रो चरणमा निर्वाचन हुने प्रदेश दुईका चार जिल्ला भ्रमण गरेका छन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले दोश्रो चरणमा मंसिर २१ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षार्थ सिराहा, धनुषा, रौतहट र बारामा खडा भएका सुरक्षा बेशहरुको निरीक्षण भ्रमण गरेका हुन ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले सुरक्षा बेशहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन भएका तयारीहरुको बिषयमा जानकारी लिएका थिए ।

प्रधानसेनापति क्षत्रीले बिहीबार नै काठमाण्डौ—तराई÷मधेश द्रुतमार्ग निर्माण कार्यदल गणको मकवानपुर जिल्लाको दोभान र बारा जिल्लाको निजगढस्थित नवनिर्मित बेशक्याम्पहरुको समेत उदघाटन गरेका छन । दुबै कार्यक्रमहरु सम्पन्न गरी प्रधानसेनापति क्षत्री बिहीबार नै काठमाडौं फिर्ता भएका छन ।

काठमाडाैं– अछाम जिल्लाको बान्नीगडी जयगढ गाउँपालिका वडा नं. ४ तिमिल्सेनमा सेनाको ट्रक दुर्घटना हुँदा १४ जना सैनिक घाईते भएका छन् ।
नेपाली सेनाका अधिृकत सहित जवानहरुलाई बोकेर बाजुराबाट दुर्गाबक्स गण अछामका लागि आउँदै गरेको लु १ ग २७८ नम्बरको ट्रक आज साँझ साँफेबगर–मंगलसेन सडक खण्ड अन्तरगत तिमिल्सेनको घुम्तिमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका सबै १४ जनाको बयलपाटा अस्पताल अछाममा उपचार भैरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए। घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको समेत डिएसपी न्यौपानेले बताएका छन ।
उनका अनुसार बाजुराबाट निर्वाचनको काम सकेर अछाम फर्किन लागेका नेपाली सेनाका अधिृकत सहित जवानहरु ट्रकमा सवार थिए । ब्रेक फेल भएर ट्रक दुर्घटना भएको न्यौपानेले जानकारी दिए । उनका अनुसार घाईतेको परिचय खुलेको छैन । ट्रकमा सेनानी सह–सञ्जय भण्डारी नेतृत्वको टोलीका साथ उनि सहित ३३ जना सैनिक जवान सवार थिए ।