काभ्रेको बाढीप्रभावित क्षेत्रमा प्रहरीको निशुल्क स्वास्थ्य शिविर, २१२ जनाको उपचार

काठमाडौं नेपाल प्रहरीले काभ्रेको बाढीप्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाल प्रहरी अस्पतालका नायब महानिरीक्षक (डीआईजी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी अस्पतालका ६ जना विभिन्न बिषयका विशेषज्ञ चिकित्सक सहितको टोलीले काभ्रेको बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ चलाल र पनौती नगरपालिका १० खेपासीमा सञ्चालित शिविरमा ९४ जना पुरुष तथा ११८ जना महिला सहित २१२ जनालाई निशुल्क सेवा प्रदान गरिएको नेपाल प्रहरी अस्पतालले जनाएको छ । स्वास्थ्य शिविरको गृहमन्त्री रमेश लेखकले निरिक्षण गरेका थिए ।

स्वास्थ्य शिविरको निरिक्षण गृहमन्त्री रमेश लेखक, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले निरिक्षण गरेका थिए । शिविरमा डेण्टल,जनरल सर्जरी,बाल रोग,मेडिसिन,हाडजोर्नी,छाला विशेषज्ञहरुद्वारा सेवा र प्याथोलोजी,ड्रेसिङ तथा निशुल्क औषधी प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *