काठमाडौंबाट स्रोत नखुलेको १९ लाखसहित दुई जना पक्राउ
२१ असोज २०८१ १६:११
स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित काठमाडौं प्रहरीले दुई जनालाई कलंकीबाट पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीबाट दुई जनालाई आइतबार १९ लाख रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा दोलखा बिगु गाउँपालिका–४ घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं–२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली छन्।
साबित्रीलाई फेला पारेर जाँच गर्दा उनीबाट १५ लाख नगद बरामद भभयो भने सुरेशबाट ४ लाख फेला परेको हो। उनी उक्त रकम बैंकमा जम्मा गर्न हिँडेकी थिइन्। सोधपुछ गर्दा भारतीय नागरिकको रहेको र एक वर्षदेखि न्यूरोडमा काम गर्ने गरेको प्रहरीसमक्ष बताएकी थिइन्।
प्रतिक्रिया