अध्यक्ष चन्द्रप्रसाद ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले विशेष सम्मान गरेको छ। मुलुकको आर्थिक विकासमा पुर्याएको उल्लेखनीय योगदान र साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो महत्वपूर्ण पदमा पुग्न सफल भएकाले ढकाललाई यो सम्मान प्रदान गरिएको हो।

मञ्चले ढकाललाई आफ्नो संस्थागत विकासमा देखाएको विशिष्ट नेतृत्व र योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको जानकारी दिएको छ। मञ्चका निवर्तमान अध्यक्षसमेत रहेका ढकालले मञ्चको सुदृढीकरणमा पुर्याएको भूमिकालाई उच्च सम्मानका रूपमा लिएको मञ्चले जनाएको छ।

राजधानीमा आयोजित मञ्चको वार्षिक साधारण सभाको अवसरमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले ढकाललाई उक्त सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायतका विशिष्ट व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो। संघीय संरचनामा रुपान्तरित नेपालमा साविकको पश्चिमाञ्चल क्षेत्रको विकास र प्रोत्साहनको लागि स्थापित पश्चिमाञ्चल विकास मञ्चले यस क्षेत्रका महत्वपूर्ण स्थानमा पुग्न सफल व्यक्तिहरूलाई सम्मान गर्दै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर