भन्सार नतिरी सामान ल्याउने सशस्त्रका तीन प्रहरी कारबाहीमा

विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवर लाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको हो ।

त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनिहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो ।

यसै बिच त्रिनगर नाका हुँदै नेपाल प्रबेश गर्ने यात्रुहरुलाइ अनावश्यक दुख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालिले सुक्ष्म निगरानी गरेको छ ।

यसै गरि सिमानामा आवतजावत गर्ने ब्यक्तिहरुलाई दुख हैरानी दिने तर्फ ध्यान दिदै सशस्त्र प्रहरिका अधिकृत हरुले सादा पोषाकमा खटिएर अनुगमन समेत गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *