स्रोत नखुलेको २२ लाख रकमसहित दुईजना पक्राउ

महोत्तरीको दुई दिनयता स्रोत नखुलेको २२ लाखसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका-७ स्थित नेपाल-भारत सीमा नजिकबाट प्रहरीले आज रु. १० लाखसहित एकडारा गाउँपालिका-४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो । ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल  मटिहानीको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी बुधबार प्रहरीले स्रोत नखुलेको रु. १२ लाखसहित सम्सी गाउँपालिका-६ का ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको थियो । प्र२-०२-००५प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका-२ भोल्ही चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *