श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने

श्री एयरलाइन्सले भोलिदेखि काठमाडौँ-भरतपुर-काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु ४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।

शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । उनका अनुसार एकतर्फी भाडा चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाडौँ-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *