प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरिएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो ।

आज नै उनीमाथि संसदीय सुनुवाइ भएको थियो । संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

राउत २०७१ साउन १७ मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए । प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ ।

यसैगरी अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादवको नाम समेत अनुमोदन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर