विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ २ औँ स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र ४ स्थान सुधार गर्दै २ औँ स्थानमा पुग्न सफल भएका हुन् ।

ऐरी हाल क्यानडा जारी क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

यस्तै अलराउन्डरतर्फ नेपालका गुल्सन झाले पनि एकै पटक ११ स्थान सुधार गरेका छन् । झा ५६ औँ स्थानमा छन् ।

कप्तान रोहित पौडेल ५४ औँ स्थानमा यथावत् छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर