नेपाली सेनाद्धारा ९८९ जनाको सकुशल उद्धार

नेपाली सेनाले बाढी पहिरोबाट प्रभावित स्थानहरूमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ । विपद् प्रभावित क्षेत्रहरूमा उद्धार र राहतका लागि नेपाली सेना सक्रिय रूपमा परिचालित भएको सेनाले जनाएको छ ।

सेनाले हालसम्म देशका विभिन्न ठाउँमा केही दिन अघि परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण प्रभावित काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, धादिङ्ग, नुवाकोट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, पाल्पा, तनहुँ, बारा, रौतहट, सुनसरी, धनकुटा, तेह्रथुम, पाँचथर, उदयपुर, झापा लगायतका जिल्लाहरूका विभिन्न १९४ स्थानहरूबाट अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

सेनाले ९ सय ८९ जनाको सकुशल उद्धार गरेको छ भने करिव ४ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ । बाढी पहिरो प्रभावित विभिन्न स्थानहरूमा स्वास्थ्यकर्मी तथा केन्द्रीय स्तरबाट समेत स्वास्थ्यकर्मी खटाइ प्राथमिक स्वास्थ्य उपचार प्रदान गरिएको छ । ९६ वटा शव खोजी कार्य जारी रहेको सेनाले जानकारी दिएको छ ।

यस्तै ७५१ जनाको सकुशल हवाई उद्धार गरिएको छ भने १४ वटा शवको ढुवानी गरिएको सेनाले जनाएको छ । ७ हजार ५३ के.जी. राहत सामग्री प्रदान गरिनुका साथै १ हजार ४ सय ५० लिटर डिजेलसमेत ढुवानी गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *