
ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि आज थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।
ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो ।
त्यस्तै सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।
मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । नेपालीले आफूसँग रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
- त्रिशूली दुर्घटना : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु, बेपत्ताको खोजी जारी
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त
- ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
प्रतिक्रिया