पृतनापति समन्वयात्मक बैठक सम्पन्न

प्रधानसेनापति अशोकराज सिग्देलले विभागीय प्रमुख र पृतनापतिसहितका सबै तहका कमाण्डरलाई उच्चस्तरीय तयारीकासाथ कार्यक्षमताको विकास गर्न निर्देशन दिएका छन् । पृतनापति समन्वयात्मक बैठक समापन कार्यक्रममा उनले सकलदर्जामा सामूहिक भावना र एकढिक्कापन अभिवृद्धि गर्न जोड दिए।

यसअघि बैठकमा पृतनापतिहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, कार्य सञ्चालन अवस्था, नेपाली सेनाको भिजन–२०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमको प्रभावकारितालगायत विषयमा छलफल भएको पनि निर्देशनालयले जनाएको छ । सेनाले वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *