देशभर सवारीसाधनको रुट परमिट खुला

सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ।

रुट परमिट आजदेखि दशैँको पूर्णिमासम्म कायम रहने छ। यसअघि सरकारले दसैँको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो।

तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले सोमबारदेखि नै रुट परमिट खुला गर्ने निर्णय जनाइएको छ।

अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको जनाइएको छ । अहिले दशैंसहितका ठूला चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *