९४ लाखभन्दा बढीको भन्सार छलीका सामानसहित दुईवटा गाडी नियन्त्रणमा

९४ लाख भन्दा बढीको भन्सार छलीका सामान सहित सशस्त्र प्रहरीले दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ । रुपन्देही र पश्चिम नवलपरासीबाट भन्सार छलीका सामान सहित ट्रक र पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ बेतहानी ईलाकाबाट आइतवार बेलुका २४ लाख ८९ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता, मोबाईलको पार्टस् सहित लु १ च ६३२४ नम्बरको फोर्स पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बरामद सामान र गाडी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

त्यसैगरी पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–२ चिसापानीबाट आइतवार बेलुका करिब ३२ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको ६ सय बोरा चिनी, मोबाईल कभर, टेम्पर ग्लास तथा विभिन्न किसिमको भाडावर्तनसहित भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक नियन्त्रण लिएको छ । चिनीको विल बनाएर अवैध रुपमा ल्याइएको मोवाइलको टेम्पर ग्लास १५ हजार २ सय २० वटा, विभिन्न किसिमका मोबाईलका कभर ९ सय ५० वटा, काँसको आरती दानी २ सय ६१ थान र सुराही १३ थान सामान बरामद भएको छ ।

नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर