दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्धा दायर

मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईं विरुद्ध अदालतमा मुद्धा दायर गरेको हो ।

जिल्ला अदालत काठमाडौंमा प्रसाईं विरुद्ध मुद्धा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता सन्तोषराज कटुवालले मकालुखबरलाई बताए ।

उनका अनुसार प्रसाईंविरुद्ध साइबर सम्बन्धी जिल्ला अदलात काठमाडौंमा दुई वटा मुद्धा दायर गरिएको हो । प्रसाईंलाई गत असोज ६ गते प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको थियो ।

न्यायाधिवक्ता कटुवालका अनुसार विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गत कसुर पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय,१ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने फरार छन् । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर