धादिङका प्रहरी प्रमुख हेरफेर

प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखको हेरफेर गरेको छ । कार्यालयले धादिङका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको हो ।

बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोषजनक नभएको भन्दै उनलाई हेडक्वाटर तानिएको हो । केसीको ठाउँमा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ । शाही आजै धादिङ जाने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । पाण्डेको ठाउँमा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *