असोज १० गते यताका विपद्जन्य घटनाबाट १७० जनाको मृत्यु, ४ हजारको उद्धार

असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयले आईतवार साँझ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएको बताए । उनले १११ जना व्यक्तिहरु घाइते रहेको जानकारी दिए । उनले विपद्बाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायहरु परिचालन भइ निरन्तर कार्य गरिरहेको जानकारी गराए । उनले हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर, लगायतका जिल्लामा विभिन्न स्थानहरुबाट विपद्बाट घाइते भएका र अलपत्र परेका १६२ जना नागरिकहरुको नेपाली सेनाको हेलिक्प्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपतकालीन राहत सामग्री उपलब्ध गराइएको बताए ।

उनले भने ‘२०८१ असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएका छन् भने १११ जना व्यक्तिहरु घाइते रहेको अवस्था छ । मन्त्रालय मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । विपद्बाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायहरु परिचालन भइ निरन्तर कार्य गरिरहेका छन् । हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर, लगायतका जिल्लामा विभिन्न स्थानहरुबाट विपद्बाट घाइते भएका र अलपत्र परेका १६२ जना नागरिकहरुको नेपाली सेनाको हेलिक्प्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ । घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइनेछ । सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको छ । त्रिभूवन राजमार्गको थानकोट नौबिसे खण्डको झ्याप्ले खोलामा अवरोध हटाइ आजैबाट यातायात सञ्चालन गर्नेगरी पहल भएको छ ।’

उनले घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको र खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइरहेको बताए । सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताए । त्रिभूवन राजमार्गको थानकोट नौबिसे खण्डको झ्याप्ले खोलामा अवरोध हटाइ आजैबाट यातायात सञ्चालन गर्नेगरी पहल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर