सडक अवरुद्धका कारण हवाई टिकट पनि पाउनै मुस्किल

देश भरी आएको बाढी पहिरोका कारण सडक यातायात अवरुद्ध बनेपछि हवाई टिकट पनि नपाइने अवस्था बनेको छ । हवाई टिकटको बुकिङ बढेपछि अधिकांश उडानको आज र भोलिको टिकट नपाइने अवस्था देखिएको हो ।

सम्बन्धित कम्पनी तथा विभिन्न वालेट एपहरूबाट हवाई उडानको टिकट बुकिङ गर्न सकिनेमा काठमाडौंबाट कतिपय स्थानसम्म हुने आन्तरिक उडानमा आइतबार र सोमबारलाई टिकट पूर्णरूपमा बुकिङ भइसकेकाले टिकट नपाइने अवस्था देखिएको छ । काठमाडौंबाट भरतपुर, जनकपुर र धनगढीसम्मको लागि आज र भोलिको हवाई टिकट पूर्णरूपमा बुकिङ भैसकेका छन् ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म काठमाडौंबाट भैरहवा, विराटनगर, पोखरा र नेपालगञ्जको लागि सोमबारको लागि मात्रै सीमित टिकट उपलब्ध भएको पाइएको छ ।

दशैंको मुखमा नै आएको बाढी पहिरोले सम्पूर्ण सडकमा क्षति पुगेपछि मानिसहरूले राजधानीबाट बाहिर जान यातायातका साधन प्राप्त गर्न मुस्किल हुँदै गएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *