वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउन आवश्यक : प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन  गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार नेपाल चार्टर एकाउण्टेन्ट्स सङ्घले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्तो कुरा बताएका हुन । उनले लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्ने विशेष अधिकार दिने गरी कानुनी व्यवस्था गर्न जरुरी रहेको बताए ।

उनले लगानी बोर्डले लगानीकर्ताहरूले अपेक्षा गरेको एकद्वार सर्भिस सेन्टरको बारेमा कुरा गर्न थालेको १२ वर्ष भए पनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले  लगानी बोर्ड र नेपाल राष्ट्र बैङ्कमार्फत गर्ने व्यवस्थामा पनि स्पष्ट नीति नभएको कारण समस्या रहेको बताए ।

उनले बोर्डकै फ्रेम वर्कबाट राष्ट्र बैङ्कबाट जनशक्ति आउने र काम गर्न पनि कहाँबाट प्रवेश गर्ने र कसरी टुङ्गिने भन्ने नीतिगत रुपमा स्पष्ट नरहेको धारणा राखे  । उनले आयोजनाहरूको एआइए गर्न बोर्डबाट तत्काल खोजे पनि त्यसको लागि स्पष्ट नीति आवश्यक रहेको बताए। उनले लगानी बोर्डलाई सुपर पावर अधिकार सम्पन्न निकाय बनाउने गरी काम थालनी भएको बताए । उनले पुनः निर्माणको काम आवश्यक सम्पूर्ण अधिकार प्राधिकरणलाई हुँदा सहज रुपमा पुनः निर्माणको काम सफल भएको भन्दै लगानी बोर्डलाई पनि त्यही रुपमा लैजान आवश्यक रहेको बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्डमार्फत गर्ने एकद्वार प्रणाली बनाउनको लागि कानुनमा विशेष खालको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताए। एकद्वार प्रणालीको लागि गाइडलाइन र प्राविधिक क्षेत्रहरूमा धेरै काम गर्नुपर्ने अवस्था रहेको उनले जोड दिए ।

उनले लगानी बोर्डमार्फत वैदेशिक लगानी प्रवद्र्धन गर्नको लागि नेपालका कूटनीतिक नियोगसँग समन्वय गर्ने वातावरण बनाइने बताए । उनले लगानी बोर्ड लगानी प्रवर्द्धनको एजेन्सी मात्रै नभई पब्लिक प्राइभेट पाटनरसिपको अधिकार सम्पन्न निकाय बनाउने हिसाबको ऐनमा व्यवस्था गरिने बताए। बोर्डले तीन वटै सरकारसँग सार्वजनिक—निजी साझेदारीको समग्र आर्थिक प्रणाली विकास गर्ने कुरामा काम पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर