पूर्वडीआईजी जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ परेका जोशीलाई सोही दिन पोखरा लगिएको थियो । भोलीपल्ट अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।  सहकारी संस्थाको रकम अपचलनका विषयमा अनुसन्धानका लागि जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा जोशी सहित अध्यक्ष जिवी राई,तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने,कुमार रम्तेललाई कानून बमोजिम कारबाहीका लागि सिफारिस गरिसकेको छ ।

गत असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर