सिद्धार्थ बैंककाे दशैंको खुशीयाली, डबल यसपालि अफर

सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान चाँड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ्र यस ‘दशैं डबल अफर’ अर्न्तगत, बैंकका ग्राहकहरुले असोज ११ देखि ३० सम्म कार्ड वा मोबाइल बैकिंङ कारोबारमा २ गुणा बढि प्वाईन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत कार्ड प्रयोग गरी गरि खरिद र मोबाइल बैकिंङबाट गरेका टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिंक कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ।

यस योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिंङ कारोबारलाई उत्कृष्ट बनाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर