पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्वपूर्ण रहेको बताए ।

उनले पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि बताए । उनले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने बताए ।

उनले पर्यटन क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

उनले भने– ‘देशको समृद्धिको मार्गमा अघि बढ्नको लागि शान्ति अति आवश्यक छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा राख्नुभएको छ, यो एकदम सान्दर्भिक छ । आजको कार्यक्रममा पर्यटनमा आफ्नो जीवन लगानी गर्नुहुनेहरुबाट हामीले धेरै कुरा सुन्ने सुअवसर पायौँ । टुरिजम सेक्टर नेपालको कन्टेस्टमा इकोनोमिलाई अफ्लिफ्ट गर्नका लागि इन्जिनको रुपमा यो सेक्टरलाई अझ प्रभावकारी रुपले बढाउन जरुरी छ । राजनीतिक स्थिरता पछि आर्थिक स्थिरता पनि आउँछ भन्छौँ । पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ हामीले अघि बढाउन जरुरी छ । समस्याहरुको पहिचान गरी वर्तमान सरकारले समाधान गर्नेछ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि काँग्रेस—एमालेको सरकार बनेको बताए ।

उनले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने बताए । देशमै बसेर समाज, देशलाई योगदान दिने वातावरण निर्माण गरिरहेको बताए । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा धरै सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *