एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान प्रदान

एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । उनको अभुतपूर्व उपलब्धिको सम्मानमा गोबर्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण हो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका हुन् ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *