शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने
८ असोज २०८१ १८:२८
आगामी शनिबारदेखि दसैंका लागि अग्रिम बस टिकट खुल्ने भएको छ ।
मंगलबार यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा आगामी शनिवार(असोज १२ गते) देखी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुखा गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया