धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न मन्त्री यादवको निर्देशन

खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्र निर्माणस्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत निर्माणाधीन धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिएका हुन्।

काठमाडौं उपत्यकामा सहरीकरणसँगै बढ्दै गएको फोहोर पानीको व्यवस्थापनका लागि अत्यन्त महत्त्वपूर्ण परियोजना भएको उल्लेख गर्दै यादवले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने बताए।

परियोजनाहरू समयमै सम्पन्न भए उपत्यकाका मुख्य नदीहरूमा प्रवाह हुने फोहोर पानीको प्रभावकारी व्यवस्थापन हुनुका साथै स्वच्छता र स्वास्थ्यसम्बन्धी सेवाहरूमा दीर्घकालीन सुधार आउने अपेक्षा लिएको मन्त्री यादवले उल्लेख गरे। मन्त्रालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने उनको प्रतिबद्धता छ।

मन्त्री यादवले धोबीघाट निरीक्षण अनुगमनपश्चात् आजै बालकुमारी (कोड्कु)स्थित निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको पनि निरीक्षण अनुगमन गरेका थिए। उनले परियोजनाको प्रगति अवस्थाबारे जानकारी लिएपछि निर्माण कम्पनीलाई कामको गति तीव्र पार्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर