दुर्गा प्रसाईंको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सोमबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौं,प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाण्डौ र काठमाण्डौ जिल्ला अदालतलाई विपक्षी बनाएर मुद्धा दायर गरिएको हो ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंलाई गत आइतबार भक्तपुरस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *