मुखमा टेप टालेर सडक प्रदर्शनमा उत्रिए दुर्गा प्रसाईँका समर्थक

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ गरिएको विरोधमा दिनदिनै प्रदर्शन हुन थालेको हो ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका थिए ।

प्रसाईँ आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *