सिद्धार्थ बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

सिद्धार्थ बैँक लिमिटेड र जङ्गल भिल्ला रिसोर्ट प्रा.लि.(पटिहानी, चितवन) बीच सम्झौता भएको छ । सिद्धार्थ बैँक र जङ्गल भिल्ला रिसोर्टबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन स्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर