पोखरामा रास्वपाका कार्यकर्ता र सहकारीपीडित आमने-सामने

सूर्यदर्शन सहकारीका पीडितहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्षका नेता कार्यकर्ताले सोमबार प्रदर्शन गर्न थालेपछि पोखरामा सहकारीका पीडितहरू पनि प्रदर्शन उत्रिएका हुन् ।

रास्वपाका नेता कार्यत्रर्ताले कास्की जिल्ला प्रशासन कार्यालय अगाडि शहिदचोकमा प्रदर्शन गरिरहेका छन् भने सोही स्थानमा सहकारी पीडितहरू पनि नाराबाजीसहित उत्रिएका छन् ।

पीडितहरूले आफ्नो पीडामा सहयोग गर्नुको सट्टा पीडितविरोधी प्रदर्शन गरेको आरोप लगाएका छन् । सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले आफूहरु न्याय माग्न सडकमा उत्रिन बाध्य भएको बताए । ‘हामीले न्याय मागेको हो । उहाँहरू न्यायको विरुद्ध प्रदर्शनमा उत्रिनुभयो’ उनले भने, ‘हामी पनि बचाउका लागि सडकमा झर्न बाध्य भयौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर