काभा महिला भलिबल क्लव च्याम्पियनको भव्य स्वागत

काभा महिला भलिबल क्लव च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लवको सोमवार भव्य स्वागत गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लव भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लवका खेलाडीको भव्य स्वागत गरिएको हो ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए ।

टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा पुर्‍याइएको थियो । त्यहाँ सञ्चारकर्मी प्रवेशमा भने रोक लगाइएको थियो ।

नेपाल पुलिस क्लवले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लवमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

पुलिस अपराजित रहँदै यो उचाल्न सफल भयो । माल्दिभ्समा शनिवार सम्पन्न च्याम्पियनसिपमा नेपाल पुलिस क्लवसहित उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ क्लबले प्रतिष्पर्धा गरेका थिए ।

लिग चरणामा नेपाल पुलिसले हुमोसँगै श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले हराएको थियो ।

नेपाल पुलिसले माल्दिभ्सका टोली वाम्को क्लवलाई ३–२ र माल्दिभ्स पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले आठौं एनभिए महिला भलिबल लिग च्याम्पियनको हैसियतमा काभा महिला क्लव च्याम्पियनसिपमा चुनौती प्रश्तुत गरेको हो ।

यस च्याम्पियनसिपमा सहभागी हुन पुलिसले एपिएफ क्लवकी स्पाइक सरस्वती चौधरी र निरुता ठगुन्नाका साथै न्यु डायमण्ड स्पोट्स क्लवकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई अनुवन्ध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर