सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ५९ हजार दुई सय पुग्यो

सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो  ।

आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर