कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : डा. शशांक कोईराला

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी नेतृत्वका लागि युवाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेता कोईरालाले काँग्रेसका युवाहरू अघि बढेकाले उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताए । शनिवार धुलिखेलमा बिपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोईरालाले युवाहरूको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

शेरबहादुर देउवा सदाबहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरूलाई ल्याउनुपर्ने उनको भनाई थियो । बिपी कोईरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले काँग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने पनि बताए ।

नेता कोइरालाले भने ‘६० प्रतिशत मानिसहरु ४० वर्षमुनिका छन । तर नेताहरूले कहिल्यै पनि तिनीहरूलाई सम्बोधन गरेनन् । सबै बुढाहरूका लागि मात्रै सम्बोधन गरेँ । हामीले कहिल्यै पनि युवाहरूलाई सम्बोधन गर्न सकेनौँ । जहिले पनि मन्त्रीहरू बुढैहरु बन्छन् । युवाहरूले कहिल्यै चान्स नै पाउँदैनन् । मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरूलाई प्रोत्साहन किन गर्दैनौँ हामी रु भोलीको राजनीति त उनीहरूको हातमा दिनुपर्ने हो । शेरबहादुरजी सदाबहार यहाँ पार्टी सभापति हुनुहुन्न । अब युवाहरू आउँछन्, उनीहरूलाई ठाउँ दिनुपर्यो । उनीहरूलाई अगाडि बढाउनु पर्यो । हामी त छौ तर कति दिन छौँ रु आज छौ, भोली हुँदैनौ । त्यसैले अलिपर हामीले सोच्नुपर्यो । आफ्नो सन्ततिलाई दिनु पर्यो । बिपी कोइरालाले हेर्नुस्–उहाँले के सबै आफ्नो लागि मात्रै गर्नुभयो रु उहाँले सभापति हुँदाहुँदै राजीनामा दिएर किसुनजीलाई सभापति बनाउनु भयो । किनभने उहाँको स्वास्थ्य ठिक थिएन । बिपीको कुरा छोडौँ उहाँका एक एक किस्सा छन, तपाईँहरूलाई भन्ने मेरो समय छैन । तर हामीले बिपी कोइरालालाई पुजेर मात्रै हुँदैन । उहाँको आदर्श बुझौँ । उहाँको पदचिन्हमा हिँडौँ । नेपाली काँग्रेस यत्रो बलियो शक्ति छ । मलाई छक्क लाग्छ–हाम्रो बहुमत हुँदैन । यत्रो शक्तिशाली पार्टी, यत्रो राम्रो उद्देश्य, यत्रो सङ्घर्षपूर्ण जीवन ७० वर्ष सङ्घर्ष गरेर बल्ल त हामीले संविधान दियौँ । सुशील कोईरालाले संविधान बनाउनु भयो । तर यो निरन्तर लागि राखेका छौं । तैपनि हामीले जहिले पनि अल्पमतमा हुने । अथवा गठबन्धनको सरकार हुने । हामीले आफ्नो खुट्टामा उभिएर अरूलाई ठेगान लगाउनु पर्छ । त्यो दृष्टि राख्नुपर्यो ।’

नेता कोईरालाले काँग्रेसले बलियो भएर पनि बहुमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुनेगरी काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *