प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेर गर्व गर्न लायक काम गरेँ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीदको रुपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन  । उनले अहिले खुसी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५÷१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताए। उनले उक्त निर्णय हजारौँ शहीदहरूको निम्ति र बेपत्ता योद्धाहरूलाई गरिएको उच्च सम्मान भएको जिकिर गरे ।

अध्यक्ष  दाहाले  पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र बिदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताए । उनले आफू नेतृत्वको सरकार नभएको भए कल्पनामा मात्रै सीमित हुने बताए । उनले आफू प्रधानमन्त्रीमा रहँदै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रुप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गरे ।

अध्यक्ष दाहालले माओवादी नेताहरूको मुद्दा सबैका एउटै भएकाले एक ठाउँमा आउनुको विकल्प नरहेको बताए । उनले सबैले माओवादीलाई एकीकृत र केन्द्रीकृत गरेसँगै शक्तिशाली भइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *