काठमाडौं र ललितपुरमा दुईजना मृत अवस्थामा फेला

काठमाडौं र ललितपुरमा दुईजना मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं, टोखा नगरपालिका-३ पञ्चेटार बस्ने ६२ वर्षीय शोबिलाल श्रेष्ठ सोही ठाउँस्थित कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै ललितपुर, गोदावरी नगरपालिका-९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँस्थित बुंग्मती कुलोको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यी घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर