इनरुवामा क्रिकेट खेलाडी सोनु मण्डललाई रोजगारी
देशभित्र खेलेरै बाच्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न कोशी प्रदेशको इनरुवाका युवाहरू जुटेका छन् ।
राष्ट्रियस्तरका क्रिकेट खेलाडी सोनु मण्डललाई हालै स्मल हेभन एकेडेमीले रोजगारी दिएपछि यसको सुरुवात भएको हो । नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय खेलाडीहरू बेरोजगार बन्दा देश छोड्ने क्रम बढ्दो छ । यसलाई निरुत्साही गर्न आफूहरूले रोजगारीको योजनालाई अगाडि सारेको नेपाल खेलकुद महासंघ, इनरुवा नगर कमिटीले जानकारी दिएको छ ।
खेलाडी व्यवस्थापन गर्ने र उनीहरूलाई रोजगारी दिने उद्देश्यले निजी विद्यालयमा खेलाडीहरूलाई व्यवस्थापन गर्न लागिएको विज्ञप्तीमा जनाइएको छ । रोजगारी पाएर खुसी भएका सोनुले आफूलाई अझै राम्रो खेल्न प्रेरणा प्राप्त भएको जानकारी गराए । एकेडेमीका विशाल उप्रेतीले भविस्यमा पनि प्रतिभाशाली खेलाडीको पलायनलाई रोक्न सहयोग गर्ने बताए । एकेडेमी र क्रिकेट खेलाडी सोनुबीच सम्झौंता हुँदा खेलकुद महासंघको तर्फबाट केन्द्रिय कमिटीका सचिव विप्लव घोष, इनरुवा नगर इन्चार्ज अनिल श्रेष्ठ, नगर अध्यक्ष सरोज बस्नेत र नगर सचिव कमल उपाध्याय उपस्थित थिए ।
प्रतिक्रिया