प्रधान सेनापति सिग्देल र श्रीलंकाली राजदूतबीच भेटघाट

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत पूर्व हवाई सेना प्रमुख सुदर्शन पाथिरानाबीच शिष्टाचार भेटघाट भएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा उनीहरुबीच बुधबार शिष्टाचार भेटघाट भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *